Like us!
Follow us!
Connect us!
Watch us!

अर्थविदले भने–‘बजेट अनुसार मौद्रिक नीति ल्याऊ’

सोमबार, २८ जेठ २०७५, १६ : ५० मा प्रकाशित

अर्थविदले भने–‘बजेट अनुसार मौद्रिक नीति ल्याऊ’


अर्थ संसार,  काठमाडौँ – आर्थिक विकासको आधारका रुपमा रहेको आव २०७५\७६ को बजेटलाई दृष्टिगत गरी मौद्रिक नीति आउनुपर्नेमा अर्थविद्हरुले जोड दिनुभएको छ ।

नेपाल व्यवस्थापन संघले आयोजना गरेको ‘आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमाथिको छलफल’ कार्यक्रममा उहाँहरुले सो कुरामा जोड दिनुभएको होे ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले मुलुकमा राजनीतिक स्थायित्व हुने सरकार बनेको कारण लगानीकर्ताको आकर्षण बढेको र उनीहरुलाई लगानी गर्न प्रोत्साहन मिलेको छ भन्नुुभयो । राजनीतिक अस्थिरता भएको विगतका वर्षमा पनि सात प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गर्दै उहाँले यस आवमा आर्थिक वृद्धिदर आठ प्रतिशत हुने अपेक्षा गरिएको उहाँको धारणा थियो ।
 
विदेशी सञ्चिति रु एक हजार ७२ अर्ब रहेको जानकारी दिँदै उहाँले अब आर्थिक क्रियाकलाप बढ्ने तथा रोजगारीको अवसर सिर्जना हुने बताउनुभयो ।

पूर्व अर्थमन्त्री मधुकरशम्शेर राणाले देशको आर्थिक विकासका लागि सरकारको ध्यान जानुपर्ने औँल्याउँदै देशको आर्थिक विकास बिना अर्थतन्त्र बलियो हुन नसक्ने बताउनुभयो ।

 नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधारले वित्त कम्पनीको पुँजी बढेर हाल रु १८० करोड पुगेको जानकारी दिँदै सरकारले हालै ल्याएको बजेटले निजी क्षेत्रको व्यापक सहभागिता खोजेको उल्लेख गर्नुभयो ।

 कार्यक्रममा पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, संघका महासचिव मोहनराज ओझालगायतले मौद्रिक नीतिबारे बोल्नुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको