बिहिबार, ३१ साउन २०७५, २३ : ३०
सेयर बजारको समस्या
शनिबार, २६ जेठ २०७५

हाम्रो पुँजी बजारको इतिहास धेर लामो भए पनि अपेक्षित रूपमा विकास अझै हुनसकेको छैन । तर पुँजी बजारको एउटा भाग सेयर बजारको विकास तथा विस्तार पछिल्ला ४/५ वर्षमा धेरै राम्रो देखिएको छ ।

पछिल्ला वर्षहरूमा सेयर बजारमा वार्षिक कारोबार उल्लेख्य रूपले बढ्नुले यो पुष्टि हुन्छ । वार्षिक कारोबार बढ्नुको अर्थ लगानीकर्तालाई लगानी गर्ने ठाउँ चाहियो भन्ने हो। अहिले उपलब्ध लगानीका विकल्पहरू– सेयर, घरजग्गा, सुन र व्यवसाय आदि छन्। तीमध्ये सेयरमा लगानी गर्नु सजिलो र सानो पुँजीमा पनि लगानी गर्न सकिने भएकाले धेरै लगानीकर्ताको रोजाइमा परको  छ ।

सन् २०१६/१७ मा आईपीओ, हकप्रद, एफपीओ, म्युचुअलफन्ड लगायतको मात्र ६० अर्ब रुपैयाँ बराबरको सेयर जारी (कारोबार) भएको छ । नेपाली बजारका लागि यो रकम धेर ठूलो हो।

अहिले सेयर बजारमा ‘डिम्याट’ (अभौतिकीकरण) सेयरको मात्र कारोबार हुने व्यवस्था छ । ‘एप्लिकेसन सपोर्टेड बाइ ब्लक्ड अमाउन्ट’ (आस्वा) मात्र होइन, सी–आस्वा पनि लागू भएको छ । यो प्रणालीले सेयरको प्राथमिक बजारलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै लगेको छ । यसले बजारमा लगानीकर्ताको सहभागिता बढाएको छ ।

पछिल्ला वर्षहरूमा प्राथमिक सेयर बजारको विकास तथा विस्तारमा पनि उल्लेख्य प्रगति भएको छ । सन् २०१६/१७ मा आईपीओ, हकप्रद, एफपीओ, म्युचुअलफन्ड लगायतको मात्र ६० अर्ब रुपैयाँ बराबरको सेयर जारी (कारोबार) भएको छ । नेपाली बजारका लागि यो रकम धेर ठूलो हो।

यसले लगानीकर्ता लगानी गर्न सक्षम र अवसरको खोजीमा छन् भन्ने देखाउँछ । सर्वसाधारणसँग छरिएर रहेको रकम संकलन गरी पुँजी निर्माण गर्ने एउटा माध्यम पुँजी बजार हो। यसले अर्थतन्त्रमा लगानीका लागि पुँजी निर्माण गरी ‘इन्भेष्टमेन्ट इकोसिष्टम’ कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ ।

अहिले बजारबाट ठूलो रकम संकलन भए पनि त्यो पुँजी कहाँ र कसरी उपयोग गर्ने भन्ने ‘भिजन’को अभाव छ । यसकारण अबको चुनौती पैसालाई कसरी उत्पादनमूलक ठाउँमा सदुपयोग गर्ने भन्ने नै हो । यो पक्षबाट हेर्दा नेपाली पुँजी बजारले अझै प्रभावकारी रूपमा काम गर्न सकिरहेको देखिँदैन ।

यद्यपि आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले ‘इक्विटी भेञ्चर फन्ड’को अवधारणा ल्याएको छ । त्यसको कार्यान्वयन कहिले र कसरी हुन्छ । आउँदा दिनमा पुँजी बजारको विकास पनि त्यसमै भर पर्छ ।

नयाँ बजेटमार्फत सरकारले व्यक्तिगत लगानीकर्ताले भुक्तानी गर्ने पुँजीगत लाभकर र सेयर ब्रोकर, मर्चेन्ट बैंकर लगायतको संस्थागत आय करको सीमा बढाएको छ । करको सीमा बढाउने सरकारको अधिकार हो । तर यसलाई व्यवसायको परिपक्वताको आधारमा थप वैज्ञानिक बनाउन सकिन्थ्यो ।

बजारमा भित्रिएको नयाँ प्रविधि (आस्वा/सी–आस्वा) ले लगानीकर्ताको सहभागिता बढाएको छ । सहभागिता बढ्नु राम्रो हो। तर लगानीले उचित प्रतिफल पाउन सकेन भने थप लगानी निरुत्साहित हुनेछ ।

लगानीको प्रमुख उद्देश्य मुनाफा (प्रतिफल) हो। यसकारण बजारले लगानीमा जोखिम अनुसारको प्रतिफल प्राप्त गर्नसक्ने वातावरणको सिर्जना गर्न सक्नुपर्छ । अहिले प्राथमिक (आईपीओ) बजारमा लगानीकर्ताको आकर्षण धेर राम्रो छ । यसकारण मागभन्दा पनि धेर गुणा बढी आवे  दन गर्ने गरको छ ।

तर अझै पनि लगानीकर्ता पर्याप्त रूपमा शिक्षित हुनसकेका छैनन्। उपयुक्त विश्लेषण नगरी कसैले भनेको आधारमा लगानी गर्ने ठूलो जमात हाम्रो बजारमा छ । यसले बजार परिपक्व हुन नसकेको पुष्टि गर्छ । लगानीकर्तालाई सुसूचित मात्र नभएर बजारलाई परिपक्व बनाउन सूचना प्रणालीको सही व्यवस्थापन गर्न सक्नुपर्छ । अहिले बजारमा सूचना प्रणालीको सही व्यवस्थापन हुन सकिरहेको देखिँदैन ।

यही कारण सबै लगानीकर्ताले समान रूपमा सूचना पाउने व्यवस्था हुनसकेको छैन । कतिपय अवस्थामा पहुँचका आधारमा मात्र सूचना पाउने सम्भावना छ । जबसम्म सबै लगानीकर्ताले समान रूपमा सूचना पाउने प्रणालीको विकास हुँदैन, तबसम्म बजार पूर्णरूपमा परिपक्व र व्यवस्थित बन्न सक्दैन ।

केही दिन अघिमात्र सरकारले पुँजी बजारमा करका दरमा परिवर्तन गरको  छ । म कर विज्ञ होइन । अहिलेसम्मको अनुभव र अन्तर्राष्ट्रिय अभ्यास हेर्दा हाम्रो कर प्रणाली वैज्ञानिक हुनसकेन कि भन्ने भान हुन्छ ।

नयाँ बजेटमार्फत सरकारले व्यक्तिगत लगानीकर्ताले भुक्तानी गर्ने पुँजीगत लाभकर र सेयर ब्रोकर, मर्चेन्ट बैंकर लगायतको संस्थागत आय करको सीमा बढाएको छ । करको सीमा बढाउने सरकारको अधिकार हो । तर यसलाई व्यवसायको परिपक्वताको आधारमा थप वैज्ञानिक बनाउन सकिन्थ्यो ।

यो सँगै आन्तरिक राजस्व विभागले बोनस र हकप्रद सेयरमा पनि अंकित मूल्यका आधारमा लाभकर गणना गर्न निर्देशन दिएको छ ।यद्यपि सरकारले अहिलेलाई यो व्यवस्था स्थगित गरको छ । यो व्यवस्थाले लगानीकर्ता खुद घाटामा रहेको समयमा पनि कर तिर्नुपर्ने अवस्था देखिन्छ ।

राष्ट्र बैंक र बिमा समितिबाट आउने ससाना निर्देशनले पनि बजारमा ठूलो उतार–चढाव आउने कारण पनि यही हो। तर वास्तविक क्षेत्रका कम्पनी आउँदैमा सबै ठिक हुन्छ भनिहाल्न पनि मिल्दैन ।

हाम्रो बजारमा अग्रिम करकट्टी हुने व्यवस्था छ । भारतीय सेयर बजारमा लगानीकर्ताले हरक वर्षको अन्त्यमा मात्र कर तिर्छन्। एक वर्ष भरमा लगानीकर्ताले कुल कारोबारमा कति लाभ गर्यो ? त्यसमा मात्र लाभकर लाग्ने व्यवस्था छ । यसको अर्थ पुँजीगत लाभकर लाभ भएको अवस्थामा मात्र भुक्तानी गर्ने हो। घाटामा पनि तिर्नुपर्छ भन्ने व्यवस्था राम्रो होइन । नेपाली सेयर बजार अझै परिपक्व हुनसकेको छैन । लगानीका विविध औजार र क्षेत्रहरू उपलब्ध छैन ।

यसकारण लगानीकर्ताले लगानीको दीर्घकालीन सोच बनाउन पाएका छैनन्। आज लगानी गर्यो, बढेको समयमा बेच्यो र केही आम्दानी गर्यो। यही प्रणालीमा चलेको छ, हाम्रो बजार । दोस्रो, बजारमा लगानीका लागि इक्विटी बाहेक अर्को कुनै औजार छैनन् । बजारमा बैंक तथा वित्तीय संस्था र बिमा क्षेत्रका कम्पनीको बाहुल्यता छ ।

यस्तो अवस्थामा लगानीकर्ताले चाहेर पनि उचित रूपमा पोर्टफोलियो व्यवस्थापन गर्न सकिरहेका छैनन्। वास्तविक क्षेत्रका कम्पनीहरू बजारमा भएनन्, वित्तीय क्षेत्रको बाहुल्यता बढी भयो भन्ने चर्चा सर्वत्र चलिरहन्छ । केही हदसम्म यो ठिक पनि होला ।

राष्ट्र बैंक र बिमा समितिबाट आउने ससाना निर्देशनले पनि बजारमा ठूलो उतार–चढाव आउने कारण पनि यही हो। तर वास्तविक क्षेत्रका कम्पनी आउँदैमा सबै ठिक हुन्छ भनिहाल्न पनि मिल्दैन ।

कस्ता कम्पनी आउँछन्? उनीहरूको काम गराइ कस्तो हुने हो, ती कम्पनीको सूचनामा लगानीकर्ताको पहुँच कस्तो हुने हो? यसको अर्थ सूचीकृत कम्पनीको संख्या धेर बनाउनुभन्दा पनि अर्थतन्त्रका सबै क्षेत्रका राम्रा कम्पनीहरू भित्र्याउन पहल गर्नुपर्छ भन्ने हो। राम्रा कम्पनी बजारमा भित्र्याउन सरकारले विशेष व्यवस्था गर्नुपर्छ ।

पब्लिक कम्पनीमा गएपछि कम्पनीलाई कडाइ गर्न पाइन्छ भन्ने मानसिकता सरकारले लिनु हुँदैन । राम्रोलाई प्रोत्साहन र नराम्रोलाई दण्ड–सजाय हुने वातावरण सरकारले बनाउनुपर्छ ।

अहिले सरकारले १ अर्बभन्दा बढी पुँजी भएका उत्पादनमूलक कम्पनीहरूलाई अनिवार्य रूपमा बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरको छ । यो व्यवस्थाले बजारमा कम्पनी संख्या बढला, तर ती कम्पनीले कत्तिको प्रतिफल दिन सक्छन् भन्ने मुख्य कुरा हो।

हाम्रो बजारमा विदेशी पुँजीको आवश्यकता धेर छै । तर विदेशबाट गुणस्तरीय पुँजी भित्र्याउने सवालमा पनि आन्तरिक पुँजी व्यवस्थापन र त्यसको अधिकतम सदुपयोगको अवस्था राम्रो हुनुपर्छ ।

पछिल्ला वर्षहरूमा जलविद्युत क्षेत्रका धेर कम्पनी बजारमा आएका छन्। ती सबै कम्पनीले साँच्चै राम्रो गर्नसकेका छन् त ? बजारमा आउने कम्पनीहरूलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न सक्नुपर्छ । ती कम्पनीहरूको सही व्यवस्थापन गर्न सकिएन भने त्यसबाट सिर्जना हुने अवस्था झन् ‘काउन्टर प्रडक्टिभ’ हुन्छ । यसकारण संख्या बढाउनु मात्र ठूलो कुरा होइन, सेयर जारी गर्ने कम्पनीको सुशासन, व्यावसायिक प्रक्रिया महत्वपूर्ण पक्ष हो।

अहिले बजारका सबै सरोकारवालाले राम्रो वा नराम्रो गरका छन् भन्न सकिने अवस्था छैन । केहीले राम्रो पनि गरका छन्, के हीले नराम्रो। यसकारण सबैलाई एउटै बास्केटमा राखेर हेर्नु हुँदैन । नियामक निकाय धितोपत्र बोर्डले प्रभावकारी रूपमा नियमन र सुपरिवेक्षण गरी राम्रालाई प्रोत्साहन र नराम्रालाई दण्डित हुने प्रणाली विकास गर्न सक्नुपर्छ ।

नराम्रो गर्ने कम्पनीहरूलाई पनि त्यत्तिकै छोडिदिने हो भने राम्रो गर्ने कम्पनीलाई मर्का पर्न सक्छ । उनीहरूको उत्साहमा कमी आउँछ । बजारले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को प्रतिविम्बित गर्न सकेन भन्ने होइन । तर अर्थतन्त्रका धेर क्षेत्रको बजारमा सहभागिता छैन । यसकारण पूर्णरूपले प्रतिविम्बित हुन नसकेको पक्कै हो।

नेपालमा बजार निर्माताको चर्चा धेर चल्ने गरको छ । तर विश्व बजारमा हेर्दा पनि ‘मार्केट मेकर’को महत्व कम बन्दै गएको छ । ‘मार्केट मेकर’भन्दा पनि बजारमा ‘संस्थागत लगानीकर्ता’ भित्र्याउन जोड दिनुपर्छ । यसले बजारमा स्थायित्व ल्याउनुका साथै व्यवस्थित र अनुशासित बनाउन मद्दत गर्छ ।

आगामी वर्षको बजेटमा सरकारले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) लाई प्राथमिकता दिएको छ । यो राम्रो पक्ष हो। तर घरलु पुँजी व्यवस्थापनमा सरकारको धारणा प्रस्ट हुन सकेन । हाम्रो बजारमा विदेशी पुँजीको आवश्यकता धेर छै । तर विदेशबाट गुणस्तरीय पुँजी भित्र्याउने सवालमा पनि आन्तरिक पुँजी व्यवस्थापन र त्यसको अधिकतम सदुपयोगको अवस्था राम्रो हुनुपर्छ ।

विदेशी लगानी आउनु अघि लगानीकर्ताले स्वदेशी पुँजीको गुणस्तर, सदुपयोग, प्रतिफल लगायत पक्ष हेररेै आउने हो। यसकारण आन्तरिक पुँजी व्यवस्थापनमा सरकारले प्राथमिकता दिनुपर्छ । अहिले बजारलाई केही सीमित व्यक्ति र कम्पनीले प्रत्यक्ष प्रभावित गर्ने अवस्था छैन ।

तर कम्पनीको वास्तविक अवस्था विश्लेषण नगरी हल्ला र हचुवाको भरमा लगानी गर्ने जमात अझै पनि धेर छै । सूचना प्रणालीलाई व्यवस्थित गरी सूचनाको पहुँच हरक लगानीकर्तालाई दिन सक्नुपर्छ  । यसका लागि परिणाममुखी वित्तीय साक्षरतामा जोड दिनुपर्छ । कान्तिपुरबाट

पुँजी बजार विज्ञ वैद्यसितको कुराकानीमा आधारित

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved