Like us!
Follow us!
Connect us!
Watch us!

१० वर्षमा १५ हजार मेगावाट विद्युत

मंगलबार, ०८ जेठ २०७५, ०८ : १४ मा प्रकाशित

१० वर्षमा १५ हजार मेगावाट विद्युत


अर्थ संसार, काठमाडौं– सरकारले सोमबार सार्वजनिक गरकोे नीति तथा कार्यक्रममा १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्ने घोषणा गरको छ ।

वैशाखको अन्तिम साता श्वेतपत्र जारी गर्दै ऊर्जा, जलस्रोत तथा सि“चाइमन्त्री वर्षमान पुनलेपनि ३ वर्षमा ३ हजार मेगावाट, ५ वर्षमा ५ हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी घोषणा सार्वजनिक  गरका  थिए ।

ऊर्जामन्त्रीको घोषणालाई नीति तथा कार्यक्रममा समेटिएको हो। नीति तथा कार्यक्रमलेबजेट घोषणालाई मार्गनिर्देशन गर्ने भएकाले बजेटमा पनि सम्भवतः यही कार्यक्रमले निरन्तरता पाउनेछ ।

जलविद्युत् क्षेत्रमा काम गरिरहेकाहरू पनि सरकारको यो  घोषणाको कार्यान्वयन जटिल रहेकोतर्क राख्छन्।  २०७२ मा ऊर्जा मन्त्रालयले जारी राष्ट्रिय ऊर्जा संकट निवारण विद्युत् विकाससम्बन्धी अवधारणापत्र एवम् कार्ययोजनामा ऊर्जा संकट समाधानका लागि योजनासहित सुधार गर्नुपर्ने ९९ बुँदा उल्लेख छ ।

5b03853a5aaa0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको