Like us!
Follow us!
Connect us!
Watch us!

सय बढी प्रसारण लाइन एकै पटक निर्माण गर्दै सरकार

सोमबार, ०७ जेठ २०७५, १४ : ४६ मा प्रकाशित

सय बढी प्रसारण लाइन एकै पटक  निर्माण गर्दै सरकार

अर्थ संसार, काठमाडौँ – सरकारले ऊर्जा क्षेत्रमा आत्मनिर्भर बन्ने र त्यसका लागि प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राख्ने लक्ष्यका साथ देशभर नै एकैसाथ एस सय भन्दा बढी प्रसारण लाइन निर्माण गर्ने भएको छ ।

हाल निर्माणका क्रममा रहेका ४५ वटा प्रसारण लाइनको अवस्था दुरुहपूर्ण रहेको भएपनि विगतको गल्तीबाट पाठ सिक्दै नयाँ आयोजना निमाृणका लागि ठोस पहल गर्न लागिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले केही दिन पहिले सार्वजनिक गरेको श्वेतपत्रमा समेत ऊर्जा क्षेत्रको विकासका लागि अत्यावश्यक पूर्वाधार निर्माणका लागि आवश्यक सहजीकरण गर्ने तथा त्यसका लागि जलविद्युत् आयोजना निर्माण र प्रसारण प्रणालीको विकासमा जोड दिने लक्ष्य अगाडि सारेका थिए ।

मन्त्री पुनको सोही लक्ष्यलाई पूरा गराउने उद्देश्यका साथ प्रसारण प्रणाली निर्माणलाई विशेष प्राथमिकतामा राखिएको हो ।

प्रसारण लाइन नबन्दा निर्माणको अन्तिम चरणमा पुगेका आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसककिने अवस्था आएपछि सरकारले सुरक्षाकर्मी नै परिचालन गरेर भएपनि प्रसारण लाइन निर्माणमा जोड दिने भएको छ ।

देशभर हालसम्म ६६ केभी क्षमताका १५ ओटा प्रसारण लाइन, ६६ केभी क्षमताका ७ ओटा सबस्टेसन निर्माणका लागि स्वीकृति दिइएको छ ।

यस्तै १३२ केभी क्षमताका ३० ओटा प्रसारण लाइन, १३२/३३ केभी क्षमताका १८ ओटा सबस्टेसन, २२० केभी क्षमताका एक  प्रसारण लाइन र ४०० केभी क्षमताको एक प्रसारण लाइनको स्वीकृति दिइएको छ ।

कूल १३२ केधी, ६६ केभी र ३३ केभी क्षमताका प्रसारण लाइनबाट  भारतबाट विद्युत आयात भइरहेको छ । हाल भारतबाट ४८० मेगावाट बराबरको विद्युत् आयात भएको छ ।

सरकारले आगामी पाँच वर्ष सक्ने गरी गल्छी रसुवागढी केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई अगाडि बढाएको छ । यो प्रसारण लाइन चीन र नेपालबीच विद्युत व्यापारका लागि रणनीतिक प्रसारण हाइवेका रुपमा लिइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको