Like us!
Follow us!
Connect us!
Watch us!

चीन ठूला जलविद्युत् तथा प्रसारण लाइनमा सहयोग गर्न इच्छुक

सोमबार, ०७ जेठ २०७५, ०८ : १८ मा प्रकाशित

चीन ठूला जलविद्युत् तथा प्रसारण लाइनमा सहयोग गर्न इच्छुक

अर्थ संसार, काठमाडौं - चीन नेपालमा ३/३ ठूला जलविद्युत् तथा प्रसारण लाइन परियोजना निर्माणमा सहयोग गर्न इच्छुक रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँगको भेटमा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले यस्तो जानकारी दिएका हुन् । मन्त्रालयमा आइतवार भएको भेटमा मन्त्री पुन र राजदूत पौडेलबीच नेपाल–चीनबीच विद्युत् विकासका द्विपक्षीय सम्भावित परियोजनाका विषयमा छलफल भएको छ ।

यसैगरी, नेपाल र चीनबीच अन्तरदेशीय प्रसारण लाइन निर्माण, ऊर्जा विकास समन्वय ९इनर्जी को–अपरेशन० लगायतका विषयमा छलफल भएको थियो । मन्त्री पुनले इनर्जी को–अपरेशनमा नेपाल सकारात्मक रहेको भन्दै त्यसको लागि आवश्यक तयारी गर्न राजदूत पौडेललाई आग्रह गरे ।

चीनले नेपालमा निर्माण गरेका, निर्माणाधीन र निर्माणका क्रममा रहेका जलविद्युत् आयोजनाको सङ्ख्या १० ओटा रहेको छ । त्यसैगरी प्रसारण लाइन र सबस्टेशन निर्माणमा समेत चिनियाँ कम्पनीहरूको संलग्नता निकै नै रहेको छ । पछिल्लो एक दशकमा चीनले १ लाख मेगावाट विद्युत् उत्पादन गरिसकेको छ । त्यसैले नेपालले चीनबाट विद्युत् विकाससम्बन्धी प्रविधि तथा सीप भित्र्याउन सक्ने राजदूत पौडेलको भनाइ छ ।

भेटमा राजदूत पौडेलले जलविद्युत् तथा प्रसारण लाइन आयोजनाको विवरण तयार गरेर पठाउन आग्रह गरे । त्यसैगरी, मन्त्री पुनले आयोजना छनोटको लागि छलफल चलिरहेको जानकारी गराए । नेपाल र चीनबीच गल्छी–रसुवागढी–केरुङ ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सहमति भइसकेको छ । यसबारे नेपाल विद्युत् प्राधिकरणले नेपालतर्पmको सम्भाव्यता अध्ययन पनि पूरा गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको