Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा उच्च अंकले गिराबट, नागबेलीका लगानीकर्ताले १० प्रतिशतले कमाए

बुधबार, ०६ पुस २०७३, १६ : १३ मा प्रकाशित

सेयर बजारमा उच्च अंकले गिराबट, नागबेलीका लगानीकर्ताले १० प्रतिशतले कमाए

अर्थ संसार
काठमाडौं– केही दिनदेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचकमा बुधबार उच्च अंकले गिरावट आएको छ । यस दिन २५.३६ अंकले बजार घटेको छ । यस दिन ट्रेडिङ समूह १.१२ अंक  र होटेल समूह १.१७ अंकले बढे । अन्य उपसूचकहरु भने रातै भएका छन् ।

यस दिन हाईड्रोपावर १७.४ अकं, इन्स्योरेन्स १७८.६८ अंक, विकास बैंक ९.७८ अंक, उत्पादन ८६.१४ अंक, वित्तीय ७.०५ अंक, बैंक २७.३२ र अन्य ४.९२ अंकले घटेका छन् ।  यस दिन १३१ कम्पनीको ६ लाख ९६ हजार कित्ता सेयर किनबेचबाट ४८ करोड १२ लाख ११ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

बुक क्लोज पछि समायोजित १८७६ रुपैयाँमा कारोबार खुलेको एभरेष्ट बैंक कारोबार रकमका आधारमा बुधबार पनि अग्रस्थानमै रह्यो । एभरेस्ट बैंकको कारोबारले धानिरहेको कारोबार बुुक क्लोज पछि यसको मूल्य उच्च अंकले घटेकाले नेप्सेलाई दोहोरो अंकले ओरालो लाग्न सघायो ।

घटेको बजारमा नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले आफ्नो आम्दानी १० प्रतिशतले बढाएका छन् । यस दिन यस बैंकको सेयर मूल्य ३ सय १४ रुपैयाँले बढेको छ । यस्तै उच्च मूल्यले घट्ने कम्पनीमा अर्को माइक्रोफाइनान्स रिलायवल भएको छ । यसको मूल्य साँडे आठ प्रतिशतभन्दा बढीले घटेको छ । 

यस दिन कमाउने कम्पनीहरुमा एनवि इन्स्योरेन्स, हाम्रो विकास बैंक, अरुण फाइनान्सलगायत छन् । यस दिन सबैभन्दा बढी वीमा समुह १७८ अंकले घटेको छ । 

तलको पढ्नु भयो ?

फूटवेयर उद्योगले फड्को मार्दै [फोटो फिचर]

हिमालयन बैंकको मूल्य समायोजन, कति तोकियो ?

एभरेस्टको ७० प्रतिशत बोनसपछि समायोजित मूल्य १८७६ रुपैयाँ

एक लाख २० हजार अपराधी अझै फरार

पुनर्निर्माणका ११५८ प्राविधिकको सामूहिक राजीनामा​

पाँच लाखको प्रेस काउन्सिल–सानिमा बैंक

जुत्ताचप्पल मेला सुरु

के तपाईंलाई केही दिनका लागि कार्यालय चाहिएको छ ? रिजसले उपलब्ध गराउने छ स्पेस

एनसिसी र बुम रेमिटवीच रेमिटान्स भुक्तानी सम्झौता

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको