Like us!
Follow us!
Connect us!
Watch us!

फूटवेयर उद्योगले फड्को मार्दै [फोटो फिचर]

बुधबार, ०६ पुस २०७३, १५ : २६ मा प्रकाशित

फूटवेयर उद्योगले फड्को मार्दै [फोटो फिचर]

अर्थसंसार
काठमाडौँ–‘आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नाराका साथ मगंलबारदेखि राजधानीको भृकुटीमण्डपमा प्रदर्शनी जुृत्ता तथा चप्पलको १३ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ ।  

मेलाको उद्घाटन वाणिज्य सचिव नईन्द्रप्रसाद उपाध्याय र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारकाले संयुक्त रुपमा गरेका थिए ।

सचिव उपाध्यायले नेपाली फुटवेयर उद्योग नेपालको ठूलो सम्भावना भएको उद्योगको रुपमा अगाडि आएको बताउँदै गएको ४ महिनामा यस सेक्टरले विगत वर्षको तुलनामा ठूलो फड्को मारेको बताए ।

त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले फुटवेयर उद्योगमा दक्ष कामदारको अभाव रहेको र कामदारका लागि सरकारले उद्यौग मैत्री वातावरणका साथै दक्ष कामदार उत्पादनमा विशेष ध्यान दिन सके प्रगती गर्न सक्ने जनाए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पहिलो संस्करणमा जम्मा १२ वटा स्टलबाट सुरुभएको यो प्रदर्शनी आज १ सय २५ स्टलमा आइपुदा अत्यन्त खुसी र गौरवको अनुभूती भएको बताए ।

त्यस अवसरमा हस्तकला महासङ्घका अध्यक्ष धर्मराज शाक्य, नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घका अध्यक्ष सुरज ब्रजाचार्यले स्वदेशी कच्चापदार्थको प्रयाग गरी उत्पादन गर्ने उद्योगीलाई ऋणमा सहुलियत दिनुपर्ने माग गरे ।

कार्यक्रममा फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपालका अध्यक्ष रबिनकुमार श्रेष्ठले स्वागत मन्तव्य तथा संघका महासचिव तथा मेला संयोजक मनोजकुमार श्रेष्ठले मेलाको औचित्य माथी प्रकाश पारेका थिए । 

तलको पढ्नु भयो ?

हिमालयन बैंकको मूल्य समायोजन, कति तोकियो ?

एभरेस्टको ७० प्रतिशत बोनसपछि समायोजित मूल्य १८७६ रुपैयाँ

एक लाख २० हजार अपराधी अझै फरार

पुनर्निर्माणका ११५८ प्राविधिकको सामूहिक राजीनामा​

पाँच लाखको प्रेस काउन्सिल–सानिमा बैंक

जुत्ताचप्पल मेला सुरु

के तपाईंलाई केही दिनका लागि कार्यालय चाहिएको छ ? रिजसले उपलब्ध गराउने छ स्पेस

एनसिसी र बुम रेमिटवीच रेमिटान्स भुक्तानी सम्झौता

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको