Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफले पायो ६० प्रतिशत हकप्रद सेयर बेच्ने अनुमति

आइतबार, ०६ जेठ २०७५, १२ : १० मा प्रकाशित

नेशनल  लाइफले पायो ६० प्रतिशत हकप्रद सेयर बेच्ने अनुमति

अर्थ संसार, काठमाडौं–  धितोपत्र बोर्डले नेसनल लाइफ इन्सुरेन्सले ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति  दिइएको छ ।

कम्पनीले १०ः६ अनुपातमा ९९ लाख ३६ हजार ४७७.५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । इन्स्योरेन्सले  हकप्रद सेयरका लागि बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

अब चाँडै हकप्रद खुला गर्न प्रक्रिया अघि बढ्नेछ । बिमा समितिको निर्देशन अनुसार जीवन बिमा कम्पनीले चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने भएपछि नेशनल लाईफ इन्स्योरेन्सले हकप्रद सेयर निश्कासनको बाटो रोजेको हो ।

हाल नेसनल लाइफको चुक्ता पुँजी १ अर्ब ६५ करोड ६० लाख ७९ हजार ५८८ रुपैयाँ छ । हकप्रद बिक्रीपछि नेसनलको चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३४० रुपैयाँ पुग्नेछ । यसका लागि कम्पनीले भारी मात्रमा हकप्रद निष्कासन गर्न लागेको हो ।
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेसनल लाइफले २२ करोड २० लाख ५२ हजार रुपैयाँ ३५८ रुपैयाँ खुद नाफा कमाएको छ ।

यो पनि पढ्नुहोस्

नेप्सेमा ८ कम्पनीको २ करोड ८० लाखबढीको सेयर सूचिकृत 

सहारा विकास बैंकको १८ लाख हकप्रद सेयर आइतवारदेखि

मिर्मिरे माइक्रोफाइनान्सले १ः१ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने, बूक क्लोज कहिले ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको