Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ८ कम्पनीको २ करोड ८० लाखबढीको सेयर सूचिकृत

आइतबार, ०६ जेठ २०७५, ११ : ५४ मा प्रकाशित

नेप्सेमा ८ कम्पनीको २ करोड ८० लाखबढीको सेयर सूचिकृत

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज ८ वटा कम्पनीको २ करोड ८० लाख बढीको सेयर सूचिकृत भएको छ । उक्त कम्पनीले निश्कासन गरेको हकप्रद सेयर र बोनस सेयर वितरण पश्चात नेप्सेमा सूचिकृत भएको हो ।

कुन कम्पनीको कति कित्ता ?

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको २७ लाख ५७ हजार २३१ कित्ता बोनस सेयर,पोखरा फाइनान्स ९ लाख ८३ हजार ६८२.७४ कित्ता हकप्रद सेयर,  प्रभु बैंकको २ करोड ११ लाख ९९ हजार ३२१ कित्ता हकप्रद सेयर, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको २ लाख ३ हजार ५६० कित्ता बोनस सेयर, डिप्रोक्स लद्युवित्त वित्तीय संस्थाको ९ लाख ६९ हजार ७९३.६६ कित्ता बोनस सेयर, सिर्जना फाइनान्स लिमिटेडको ९ लाख ८२ हजार ८०० कित्ता बोनस सेयर, समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको६३ हजार २०० कित्ता बोनस सेयर र मितेरी डेभलपमेन्ट बैंकको ११ लाख ९७ हजार ०६९.४४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको