Like us!
Follow us!
Connect us!
Watch us!

सहारा विकास बैंकको १८ लाख हकप्रद सेयर आइतवारदेखि

आइतबार, ०६ जेठ २०७५, ०८ : २० मा प्रकाशित

सहारा विकास बैंकको १८ लाख हकप्रद सेयर आइतवारदेखि

अर्थ संसार, काठमाडौं - सहारा विकास बैंकले १ बराबर २ दशमलव ५ (१ः२.५) अनुपातमा जेठ ६ गते आइतवारदेखि हकप्रद सेयर  जारी गरेको छ ।

बैंकले असार ९ गतेसम्म हकप्रद सेयर निष्कासन गर्दैछ । बैंकको सेययरधनीका लागि प्रतिशेयर १ सय अङ्कित दरको १८ लाख २४ हजार ८ सय ७० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

बैङ्कले वैशाख ९ गतेसम्म सेयर किन्ने वा सेयर स्वामित्व हुने सेयरधनी हुनेले हकप्रद सेयरमा खरीदको लागि आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर खरीदका लागि बैंकको सेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखामा आवेदन दिन सकिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको