Like us!
Follow us!
Connect us!
Watch us!

विशाल एकीकृत कम्युनिष्ट पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा

विहीबार, ०३ जेठ २०७५, १९ : ३९ मा प्रकाशित

विशाल एकीकृत कम्युनिष्ट पार्टी  ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा

अर्थ संसार, काठमाडौं– दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र माओवादी केन्द्रले मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ । राष्ट्रिय सभागृहमा भएको घोषणा सभामा दुवै पार्टी एकीकरण गरी नयाँ ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा गरिएको हो ।

एकतापछि नयाँ पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ ।  त्यस्तै ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय समिति चयन भएको छ ।

‘नेपाल कम्युनिष्ट पार्टी’ ले माक्र्सवाद लेनिनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्ने लगायत विषयमा सहमति भएपछि पार्टी एकता घोषणा गरिएको हो ।

९ सदस्यीय सचिवालय

अध्यक्ष :

केपी ओली
पुष्पकमल दाहाल

वरिष्ठ नेता 

माधव नेपाल
झलनाथ खनाल

प्रवक्ता : नारायणकाजी श्रेष्ठ
सदस्यहरू :

वामदेव गौतम
ईश्वर पोखरेल
रामबहादुर थापा

महासचिव : विष्णु पौडेल

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको