Like us!
Follow us!
Connect us!
Watch us!

काबेली करिडोर निर्माणमा कडा नीति अख्तियार गर्ने सरकारको तयारी

बुधबार, ०२ जेठ २०७५, १२ : ०३ मा प्रकाशित

काबेली करिडोर निर्माणमा कडा नीति अख्तियार गर्ने सरकारको तयारी

अर्थ संसार, काठमाडौँ –लामो समयदेखि निर्माण सुरु भएपनि सम्पन्न हुन नसकेको काबेली करिडोर प्रसारण लाइन निर्माणमा सरकारले थप कडाई गर्ने भएको छ ।

मुआब्जामा चित्त नबुझेको भन्दै स्थानीयले गरेको अवरोध हटाउन सरकारले कडा गर्न लागेको हो । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सुरक्षाकर्मी परिचालन गरेरै भएपनि प्रसारण लाइन निर्माण गर्ने जनाएको छ ।

प्रसारण लाइन निर्माण नहुँदा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको विद्युत् खेर जाने अवस्था पैदा भएको छ ।

झापाको पाडाजुँगीदेखि पाँचथरको अमरपुरसम्म ९० किमी लामो उक्त प्रसारण लाइनका २२ वटा टावर निर्माण हुन सकेको छैन ।

१२ वर्ष अघि निर्माण सुरु गरिएको काबेली करिडोर प्रसारण लाइन अहिले सम्म पनि पुरा हुन नसक्नुको पछाडि मुआब्जाको विवाद रहँदै  ाएको छ ।

काबेली करिडोर प्रसारण लाइनमा पनि २२ वटा टावरमा स्थानीयले लामो समयदेखि अवरोध गरिरहेका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत फागुनमा दिएको निर्देशन कार्यान्वयन नभएका कारण प्रसारण लाइन निर्माणमा समस्या भएको छ ।

काबेली करिडोरमा हाल २५ मेगावाट क्षमताको काबेली ‘बी’  र कूल २२ मेगावाटको तल्लो हेवाखोला  र १० मेगावाटको इवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न चरणमा पुगेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको