Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

सोमबार, ३१ बैशाख २०७५, १८ : ०० मा प्रकाशित

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

अर्थ संसार, बुटवल–गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको ‘हेडबक्स’ भन्ने स्थानमा राति देखिनै पहिरोका कारण अवरुद्ध सडक झन्डै १४ घण्टापछि एकतर्फी खुलेको हो ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स भन्ने ठाउँमा माथिबाट सडकमा पहिरो खसेपछि राति २ बजेदेखि यातायात सेवा अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक खुलाउन बिहान ७ बजेबाट दुई वटा डोजर र एउटा क्रेन प्रयोग गरिएपनि ढुंगासहितको पहिरो खसेको र पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुल्न ढिलाइ भएको हो ।

पहिरो खस्न रोकिएपछि अहिले एकतर्फी रुपमा सडक सञ्चालनमा आएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुईतर्फी यातायात सञ्चालन हुन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको