Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकले कमायो ३५ करोड

शुक्रबार, १४ बैशाख २०७५, १२ : १९ मा प्रकाशित

सिभिल बैंकले कमायो ३५ करोड

अर्थ संसार, काठमाडौं– सिभिल बैंक लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ३५ करोड रुपैयाँ कमाएको छ ।  अघिल्लो वर्षको सोही अवधिमा बैंकले नाफा १५ करोड ४४ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

६ अर्ब ९३ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा १ अर्ब ९० करोड ८८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ३६ अर्ब ९० करोड ६३ लाख रुपैयाँको संकलन गरी कर्जा ३४ अर्ब ९२ करोड ४८ लाख रुपैयाँ पुर्याएको छ ।

त्यसैगरी खुद व्याज आम्दानीमा २१ दशमलव ६९ प्रतिशतले बढेर ८९ करोड २८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफमा अत्याधिक नाफा कमाएको छ, जसले ४८० प्रतिशतले वृद्धि गरी १७ करोड ४६ लाख रुपैयाँ पुगेको छ । बैंकले संचालन मुनाफा बढाएको हुँदा खुद मुनाफा पनि अत्याधिक बढेको हो ।

बैंकले प्रोभिजनमा ४४ करोड १७ लाख रुपैयाँ राखेको छ भने ४७ करोड ९१ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

बैंक को प्रति शेयर आम्दानी ८ दशमलव ९१ रुपैयाँ, मूल्य आम्दानी १६ दशमलव ९५ गुणा, प्रति शेयर नेटवर्थ १ सय ६७ दशमलव २४ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ५९ प्रतिशत रहेको छ ।
बैंकको निष्कृय कर्जा ३ दशमलव ७४ प्रतिशत र जोखिम युत्त सम्पति २१ दशमलव ९४ प्रतिशत रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको