Like us!
Follow us!
Connect us!
Watch us!

बुढीगण्डकीको मुआब्जामा गोलमाल

मंगलबार, ११ बैशाख २०७५, ११ : २३ मा प्रकाशित

बुढीगण्डकीको मुआब्जामा गोलमाल

अर्थ संसार, काठमाडौं–  राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण गर्दा गणनामा फरक परेको पाइएको छ ।

लेखापरीक्षणको क्रममा रु छ करोड २१ लाख बढी वितरण गरेको पाइएको हो ।महालेखाले गैरकानूनी रूपमा मुआब्जा लिनेलाई कानूनी दायरामा ल्याई त्यसको जानकारी दिनसमेत आयोजनालाई निर्देशन दिएको छ ।

यस्तै बूढीगण्डकी आयोजनाको जलाशय क्षेत्रमा पर्ने स्थानमा समन्वय नगरी सडक निर्माण गर्दा रु एक करोड ७० लाख रकम बिना कारण खर्च भएको पाइएको महालेखाले जनाएको छ ।

धादिङमा पर्ने कटुञ्जे–त्रिपुरेश्वर सडकखण्डको स्तरोन्नति गर्न एक निर्माण व्यवसायीसँग सम्झौता भएको र जिल्ला प्रशासन कार्यालय, धादिङ तथा सडक विभागबाट उक्त स्थानमा निर्माण नगर्न २०७२ चैतमा जानकारी गराउँदा पनि समयमै ठेक्का अन्त्य नगरी सरकारी लगानी बालुवामा पानी जस्तै भएको छ ।

 यस्तै मध्य पहाडी राजमार्गको सुर्खेत, दाङ, चितवन र पुष्पलाल मध्यपहाडी लोकमार्ग पश्चिमले पाँच निर्माण व्यवसायीको खरिद सम्झौता अन्त्य गरेकामा थप दायित्व परेको रकम रु तीन करोड ८६ लाख असुल नगरेको पाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको