Like us!
Follow us!
Connect us!
Watch us!

१३९ जना बोकेको मालिन्दो एयर दुर्घटनाबाट जोगियो, अन्तर्राष्ट्रिय उडान १२ बजेसम्ममा सञ्चालनमा आउने

शुक्रबार, ०७ बैशाख २०७५, १० : ५४ मा प्रकाशित

१३९ जना बोकेको मालिन्दो एयर दुर्घटनाबाट जोगियो, अन्तर्राष्ट्रिय उडान १२ बजेसम्ममा सञ्चालनमा आउने

अर्थ संसार, काठमाडौँ– मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान आज मध्याह्न १२ बजेपछि खुल्ने भएको छ ।

अहिले उक्त विमानलाई नेपालमै उपलब्ध उपकरणबाट तानेर त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको र १२ बजेसम्म उक्त काम सकेर पुनः अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी भइरहेको विमानस्थलका प्र्रवक्ता प्रेमनाथ ठकुरले राससलाई जानकारी दिनुभयो ।

मालिन्दो एयरको उक्त जहाज मलेशिया उडान भर्ने क्रममा बिहीबार १० बजेर ७ मिनेटमा रनवेबाट अनियन्त्रित भएर ४० मिटर कोटेश्वर खण्डको घाँसे मैदानमा पुगेको थियो ।

उक्त घटनापछि अन्तर्राष्ट्रिय उडान बन्द भए पनि आन्तरिकतर्फका उडान भने बिहानदेखि नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

मलेशिया उड्न लागेको मालिन्दो एयरको उक्त जहाजमा १३९ यात्रु रहेको विमानस्थलले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको