Like us!
Follow us!
Connect us!
Watch us!

सहयोगी विकास बैंकको मोबाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सेवा सुरू

शुक्रबार, ३० चैत्र २०७४, १० : ३१ मा प्रकाशित

सहयोगी विकास बैंकको मोबाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सेवा सुरू

अर्थ संसार, काठमाडौं– सहयोगी विकास बैंक लिमिटेडले मोवाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सेवा सुरुवात गरेको छ । एक कार्यक्रमका बीच उक्त दुबै सेवाको उद्घाटन बैंकका अध्यक्ष श्री उदय कान्त झा ‘जीवन’ ले गर्नुभयो ।

उक्तसेवा सुरुवातको उद्घाटन गर्नुहुदै बैंकका अध्यक्ष झा ले ग्राहकहरुको सेवामा कुनै कन्जुस्याई नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आगामी दिनमा समेत बैंकले समय सुहाउँदो थप सेवाहरु प्रदानगर्ने उहाँले बताउनुभयो ।

बैंकका ग्राहकहरुलाई आधुनिक र २१ औं शताव्दी समय सुहाउँदो सेवा प्रदानगर्ने उद्देश्य सहित सो सेवाको सुरुवात गरिएको बैंकले जानकारी दिएको छ । बैंकको यो सेवाबाट ग्राहकहरु थप लाभान्वितहुने विश्वास बैंकले लिएको छ ।

नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा विनय रिजाललाई नियुक्ती गरेसँगै बैंकले आफ्नो सेवालाई थप आधुनिक, सरल र प्रभावकारी बनाउदै लगेको छ । त्यसका लागि बैंकका कर्मचारीहरुलाई समेत समय सापेक्ष तालिमहरु दिंइदै आएको छ ।

ग्राहकलाई सेवाबाट पूर्ण सन्तुष्टि प्रदानगर्ने बैंकको लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत विनय रिजालले बताउनुभयो । उहाँका अनुसार बैंकलाई थप मजबुद बनाउँदै सेवालाई पनि थप गर्दै लगिने छ ।

निक्षेपको ग्यारेन्टी, ग्राहकको आर्थिक, सामाजिक र सांस्कृति उन्नतीका साथै २१औं शताब्दी समय सुहाउँदो सेवा, लगानीकर्तालाई उचित प्रतिफलमा बैंकले जोड दिंदै आएको प्रमुख कार्यकारी अधिकृत रिजालले बताउनुभयो । यसै गरी बैंकले आगामी वर्षको नब आगमन सँगै ब्।त्।ः सेवा सुचारु गर्ने बताए । बैंकले आफ्नो सबै पूर्वाघारहरु बनाइसकेको पनि रिजालले बताउनु भयो ।

जनकपुरमा मूख्य कार्यालय रहेको बैंकले विभिन्न ८ स्थानमा शाखा विस्तार गरी आफ्ना ग्राहकहरुलाई आधुनिक, छरितो, भरपर्दो र स्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । बैंकले चाँडैनै ४ वटा शाखाविस्तार गर्न लागेको जानकारी दिएको छ । यसका साथै बैंकले आफ्नो भवनको निर्माणमा पनि आउदो बैशाख महिनाको तेस्रो हप्ता देखिनै गर्ने योजना अनुरुप काम भइरहेको बताएको छ ।

५० करोड ९६ लाखरुपैयाँ सेयर पूँजी रहेको बैंकले हालसम्म रू. ३ अर्ब ४२ करोड ८० लाख निक्षेप संकलन गरी हालसम्म २ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी बैंकमा १० करोड ५३ लाख संचिति कोष रहेको छ ।

तीन जिल्ले कार्यक्षेत्र रहेको बैंक नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ख’ वर्गको वित्तीय संस्था हो । हालै नेपाल राष्ट्र बैंकबाट निर्देशित भए बमोजिम पूँजीकोष प्रर्याप्त भएको कारण, बैंकले आफ्नो कार्यक्षेत्र ५ जिल्लामा पु¥याउनको लागि पनि आवश्यक कार्य विघि अघि बढाएको जानकारी प्रमुख कार्याकारी अधिकृत रिजालले दिनु भयो ।

स्मयरणीय त के छ भने आफ्नो कार्यक्षेत्र रहेको स्थानीयस्तरमा यो बैंक अन्य वाणिज्य बैंक भन्दा लोकप्रिय बैंकको रुपमा स्थापित छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको