Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ वर्ष स्काउट क्याम्प सम्पन्न

विहीबार, २९ चैत्र २०७४, १९ : ०९ मा प्रकाशित

नयाँ वर्ष स्काउट क्याम्प सम्पन्न

अर्थ संसार, काठमाडौं–  भानुभक्त स्काउट नयाँ वर्ष स्काउट क्याम्पको समापन पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको प्रमुखआतिथ्यमा सम्पन्न भएको छ ।

पानीपोखरी स्थित भानुभक्त मेमोरियल उच्च माध्यामीक बिद्यालयमा १ रात २ दिनसम्म सञ्चालित सो क्याम्पमा भानुभक्त सहित, शिशुमिलन, गेट वोए, अक्सिडेन्टल, लाइसियम सहित ७ बिद्यालयका १ सय १६ जना विद्यार्थी सहभागी थिए ।

सो क्याम्पमा क्याम्प फायर, गाँठाहरूको प्रयोग, क्याम्पलाई सजाउने, क्याम्पको सरसफाइ, सर्व धर्म सभा, फेस पेंटिंग, समयमा हरेक क्रियाकलाप कसरी सम्पन्न गर्ने, विपरीत परिस्थितिमा आफूलाई कसरी जोगाउने जस्ता क्रियाकलापहरूको आयोजना गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्ता क्रियाकलापले बालबालिकाहरुको शारीरिक, मानशिक, सामाजिक, अध्यात्मिक एवं सम्बेगात्मक भावनाको विकास गराउन मदत पुग्ने बताए । उनले वर्तमान सरकारको दिगो बिकाशको अवधारणालाई यस्ता कार्यक्रमले आधार तयार गर्न सहयोग पुग्नेमा बिश्वास ब्यक्त गरे ।

भानुभक्त मेमोरियल उच्च माध्यमिक विद्यालयका प्रिन्सिपल बमबहादुर मोक्तानले क्याम्पको माध्यमबाट स्काउटरहरू बीच आचरण, आत्मविश्वास, मैत्रित्वको विकास कसरी गर्ने भन्ने पाठ सिकाइएको जानकारी दिए ।

सो स्काउट क्याम्पको समापन समारोहमा समाजमा विभिन्न क्षेत्रमा रहेर योगदान पुर्याउने १७ जना विशिष्ठ व्यक्तिहरुलाई महिला मानव अधिकार केन्द्र र भानुभक्त स्कुलको तर्फबाट ताम्रपत्र सहित दोसल्ला ओडाएर प्रमुख अतिथि खनालले सम्मान समेत गरेका थिए ।

 
नयाँवर्ष क्याम्पको क्याम्प संयोजकका रुपमा स्काउट लिडर विश्वनाथ बनिया रहेका थिए भने क्याम्प चिफ स्काउट लिडर दावा शेर्पा रहेका थिए ।

5acf5f88d3ed0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको