Like us!
Follow us!
Connect us!
Watch us!

बढी व्याज दिने बैंक खोज्दै नागरिक लगानी कोष र पुनर्बीमा कम्पनी

बुधबार, २८ चैत्र २०७४, १५ : २७ मा प्रकाशित

बढी व्याज दिने बैंक खोज्दै नागरिक लगानी कोष र पुनर्बीमा कम्पनी

अर्थ संसार, काठमाडौं– नागरिक लगानी कोष र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफुसंग भएको वचत मुद्धति निक्षेपमा राख्नका लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेका छन् ।

लगानी कोषले न्युनतम त्रैमासिक ब्याज भुक्तानी दिने  गरी १ वर्षका लागि निक्षेपको रुपमा बैंकमा रकम राख्ने जानकारी दिएको छ ।

आउदो बैशाख ५ गते निक्षेप लिनका लागि बोलपत्र बुझाउन कोषले भनेको छ । ब्याजदर न्युनतम १० प्रतिशतलाई मात्र मान्यता दिने जनाएको छ ।

यस्तै पुनर्बीमा कम्पनीले पनि आफुसंग भएको रकम २ वर्षका लागि मुद्धति निक्षेपमा राख्न प्रस्ताव आश्वान गरेको छ ।

बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएपछि संस्थागत निक्षेपकर्ताबाट बैंकले १३ प्रतिशतमा निक्षेप लिएका थिए ।

 निक्षेप महंगो भएको भन्दै बैंकले मुद्धतिमा बढीमा ११ र साधारण वचतमा ८ प्रतिशत भन्दा बढीमा निक्षेप नउठाउने आन्तरिक सहमति गरेका छन् ।

बैंकले सर्वसाधरणलाई बराबर ११ प्रतिशत ब्याजमा निक्षेप उठाउने भएका छन् । नेपाल राष्ट्र बैंककाअनुसार बैंकिङ प्रणालीमा २७ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको