Like us!
Follow us!
Connect us!
Watch us!

विदेशको जागिर छाडेर गाईपालन

विहीबार, ०८ चैत्र २०७४, १६ : १७ मा प्रकाशित

विदेशको जागिर छाडेर गाईपालन

अर्थ संसार, बनियानी, झापा– स्वदेशमा रोजगारको अवसर नभएपछि खाडी मुलुकमा गएर पसिना बगाउने युवाको संख्या धैरै छ ।

दिनहुँ सयौँ युवा रोजगारीका लागि विदेशिने गरेका छन् । विदेशिएका युवा स्वदेश फर्किएर आत्मनिर्भर बन्ने क्रम पनि बढ्दै गएको छ ।

कनकाई नगरपालिका सुरुंगाका ४२ वर्षीय डण्डीपाणि गौतम स्वदेश फर्किएपछि पशुपालन व्यवसायबाट आत्मनिर्भर बन्नुभएको छ । युएईमा सात वर्ष श्रम गरेर गौतम स्वदेशमै केही गर्नुपर्छ भनेर फर्किनुभयो ।

“स्वदेशमै केही गर्नुपर्छ भनेर आएँ,” उहाँले भन्नुभयो । अहिले गाईपालनबाट मनग्य आम्दानी गर्न थालेको गौतम बताउनुहुन्छ ।

उहाँले रु २५ लाखको लागतमा प्रतीक पशुफार्म दर्ता गरेर गाईपालन गर्दै आउनुभएको छ । फार्ममा हाल ३० वटा साना–ठूला गाई छन् । दैनिक २०० लिटर दूध उत्पादन हुन्छ ।

“गोठबाटै प्रतिलिटर रु ६० मा दूध बिक्री हुन्छ,” उहाँले भन्नुभयो । गौतमले १२ बिघा जमिनमा घाँस, मकैलगायत खेती गर्दै आउनुभएको छ । दूध, गाईको गोबर र बाच्छा–बाच्छी बिक्री गरेर उहाँले मासिक रु एक लाख २० हजारसम्म बचत गर्दै आउनुभएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको