Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्स सेयर किन्दा फाइदा कि नोक्सान ? हेरौं, कम्पनी विश्लेषण

बुधबार, ०७ चैत्र २०७४, ०८ : ०८ मा प्रकाशित

शिखर इन्स्योरेन्स सेयर किन्दा फाइदा कि नोक्सान ? हेरौं,  कम्पनी विश्लेषण

प्रमुख गतिविधि 

कम्पनीको पुस ७ गते सम्पन्न १३औं वार्षिक साधारणसभाले २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (बुधवार, ७ चैत २०७४)यससँगै कम्पनीले बीमा समितिले तोकेको भन्दा केही बढी चुक्तापूँजी (१ अर्ब ५ करोड) पुर्‍याएको छ । साथै, उक्त सभाले संस्थापक सेयरमध्ये २० प्रतिशत (कुल सेयरको १४ प्रतिशत) सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • कम्पनीले चालू आर्थिक वर्ष २०७४/७५ को दोस्रो त्रैमासमा खुद मुनाफा ९ प्रतिशत वृद्धि गरी १९ करोड ६६ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उसले १८ करोड १ लाख रुपैयाँ मुनाफा कमाएको थियो । यस अवधिमा कम्पनीको पूँजी २९ प्रतिशत वृद्धि भएको छ ।

  • जगेडा ३८ प्रतिशत कम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३२ लाख रहेको जगेडा यो त्रैमासमा १२ करोड ५३ लाखमा सीमित भएको छ ।

  • कुल बीमा शुल्क आर्जन रकम २१ प्रतिशत वृद्धि भएर १ अर्ब ६२ करोड ४१ लाख पुग्दा खुद बीमा शुल्क आम्दानी गत त्रैमासको भन्दा १४ प्रतिशत वृद्धि भएर ८६ करोड ५९ लाख पुगेको छ ।

  • यस त्रैमाससम्ममा कुल दाबी भुक्तानी रकम १० प्रतिशत कम भएर ५१ करोड ९९ लाख छ । त्यस्तै, खुद दाबी भुक्तानी ३५ करोड ८४ लाख छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा ८२ प्रतिशत बढी हो ।

  • कम्पनीले ३४ सय ६५ ओटा बीमा दाबी भुक्तानीमार्फत ५१ करोड ९९ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । उसले अझै ४ हजार १ सय ६६ ओटा बीमा दाबीको ८६ करोड ८९ लाख दाबी भुक्तानी गर्न बाँकी छ ।

  • दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी (वार्षिक) ३७ दशमलव २० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय ८६ दशमलव २२ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्ति मूल्य ३ सय ६५ दशमलव ४१ रुपैयाँ छ ।

निष्कर्ष :
समीक्षा अवधिमा कम्पनीको पूँजी २९ प्रतिशत वृद्धि भएको छ तर, त्यसको तुलनामा खुद नाफामा आएको ९ प्रतिशत वृद्धिले कम्पनीको प्रतिशेयर आम्दानी १६ प्रतिशत कम हुन पुगेको देखिन्छ । बीमा शुल्क आर्जनमा आएको वृद्धिलाई भने सकारात्मक रूपमा लिन सकिन्छ ।

प्राविधिक विश्लेषण : शिखर इन्स्योरेन्स घट्दो प्रवृत्तिमा

प्रतिरोध २ : १२३० । प्रतिरोध १ : ११५० । अन्तिम कारोबार मूल्य : १०११ । टेवा १ : १००० । टेवा २ : ९५०

बजारको अवस्था
लामो अवधिदेखि घट्दो प्रवृत्तिमा रहेको शिखर इन्स्योरेन्सको शेयरमूल्य हालको अवस्थामा पनि घट्दो प्रवृत्तिमा छ । यस कम्पनीको शेयरमूल्यले महत्त्वपूर्ण र मजबूत टेवा तोडिसकेको छ ।

हालको परिस्थितिमा कुनै महत्त्वपूर्ण टेवा नजिक रहेको देखिँदैन । मङ्गलवार यस कम्पनीको शेयरमूल्य ३९ रुपैयाँ अर्थात् ३ दशमलव ७१ प्रतिशत घटेर १ हजार ११ रुपैयाँमा बन्द भएको छ भने २ हजार ९ सय ४६ कित्ता शेयर कारोबार भएको छ ।

मुभिङ एभरेज 
पाँचदिने र २० दिने मुभिङ एभरेजअनुसार यस इन्स्योरेन्सको शेयरमूल्य घट्दो प्रवृत्तिमा छ ।

एडीएक्स 
एडीएक्स सूचकको नकारात्मक सूचक सकारात्मक सूचकभन्दा माथि रहेको हुनाले यस कम्पनीको शेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको बताएको छ ।

एटीआर 
एटीआर सूचक बढ्दो प्रवृत्तिमा रहेको हुनाले यस कम्पनीको शेयरमूल्यमा उतारचढाव बढ्दै गएको बुिझन्छ ।

स्टोकास्टिक 
स्टोकास्टिक सूचक ओभरसोल्ड क्षेत्रमा रहेको हुनाले यस कम्पनीको शेयरमा अझै पनि खरीदकर्ता आकर्षित नरहेको देखिन्छ ।

निष्कर्ष 
विभिन्न प्राविधिक सूचकहरूले यस कम्पनीको शेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको हुनाले यस कम्पनीको शेयर घट्दो प्रवृत्तिमा रहने सम्भावना उच्च रहेको देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको