Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणका कर्मचारीले घुस मागे ठाँउको ठाँउ कारवाही

मंगलबार, ०६ चैत्र २०७४, ११ : २६ मा प्रकाशित

प्राधिकरणका कर्मचारीले घुस मागे ठाँउको ठाँउ कारवाही

अर्थ संसार, काठमाडौं–  नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले घुस मागे ठाँउका ठाँउ जागिरबाट वर्खास्त गरिने भएको छ ।

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी संगठन (संयुक्त) ले कर्मचारीको आचरण सुधार अभियान सुरु गर्दै घुस मागे ठाँउको ठाँउ कारवाही गर्ने जनाएको हो ।

सो संगठनले पोखरा क्षेत्रीय कार्यालयबाट अभियानको सुरुवात गरेका छ । संगठनले  पोखरामा विशेष कार्यक्रम समेत सम्पन्न गरिसकेको छ ।

संगठनले प्रदेश नं ४ का प्रदेश सांसद, स्थानीय निकाय, नेपाल उद्योग  वाणिज्य महासंघ पोखरा र लेखनाथका पदाधीकारी तथा प्राधिकरणको पोखरा क्षेत्रीय कार्यालयका कर्मचारीसँग छलफल गरी घुस मागेको जानकारी दिन र घुस लिने कार्यमा सहभागी भएका कर्मचारीलाई ठाँउको ठाँउ कारवाही गर्ने बताएको हो ।

प्राधिकरणको सेवा लिँदा कर्मचारीलाई घुस नदिन संगठनले आग्रह गरेको छ । कर्मचारीमा सेवा दिनेभन्दा घुस माग्ने संस्कार हाबी हुँदै गएकाले आचरण सुधार गर्न अभियान सुरुवात गरिएको संगठनका अध्यक्ष खगेन्द्र शाहीले उल्लेख गरे ।

सरकारबाट तलब पाउने कर्मचारीले मिटर दिँदा सेवाग्राहीबाट घुस माग्ने नराम्रो संस्कार बसेको छ ।

घु्स लिने कर्मचारीलाई जागिरबाट निकाल्नेसम्मको कारबाही गर्न सिफारिस गरिने उनले बताए ।  पोखराबाट सुरु भएको अभियान ९ वटै क्षेत्रीय कार्यालयमा गरिने संगठनले जनाएको छ ।

यो पनि पढ्नुहोस्

म्युचुअल फण्ड के हो ? यसमा लगानी गर्न इच्छुक लगानीकर्ताले जान्नुहोस् यी कुराहरु

प्राधिकरणका कर्मचारीले घुस मागे ठाँउको ठाँउ कारवाही

पैसा ठिक पार्नुस्, दोदी खोला हाइड्रोले आइपिओ जारी गर्दै

माथिल्लो तामाकोशीको आइपिओमा लफडा, यस्तो छ भित्रि रहस्य

सिद्धार्थको हकप्रद भर्ने आज अन्तिम दिन 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको