Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो तामाकोशीको आइपिओमा लफडा, यस्तो छ भित्रि रहस्य

मंगलबार, ०६ चैत्र २०७४, ११ : १५ मा प्रकाशित

माथिल्लो तामाकोशीको आइपिओमा लफडा, यस्तो छ भित्रि रहस्य

अर्थ संसार, काठमाडा– माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आइपिओ जारी गर्ने समय नजिकदै जाँदा लफडा सुरु भएको छ ।

सेयर वितरण ‘मोडालिटी’ सच्याउनुपर्ने माग गर्दै अपर तामाकोशी सेयर सरोकार संयुक्त संघर्ष समितिले चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । उनीहरुले सेयर वितरण प्रणाली प्रभावकारी नभएको भन्दै आन्दोलन गरिरहेका छन् ।

आन्दोलन संघर्ष समितिले पटक पटक समय दिँदा पनि आफूहरुको माग पूरा नभएको भन्दै चरणवद्ध रुपमा आन्दोलन सुरु गरेका हुन् ।

समितिको आह्वानमा माथिल्लो तामाकोसीको सेयर निष्कासन प्रक्रियाबाट असन्तुष्ट रहेको जिकिर गर्दै आयोजनाको काम रोक्ने धम्की समेत दिएका छन् ।

संघर्ष समितिमा अधिकाशं मान्छे काँग्रेस सम्वद्ध नेता तथा कार्यकर्ता रहेका छन् । उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।

संघर्ष समितिले माथिल्लो तामाकोशी आयोजना, आयोजनासँग सम्बन्धित ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीका सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाउने धम्की दिएको छ ।

संघर्ष समितिले सेयर वितरणमा दोलखावासीलाई विभेद नगरी अतिप्रभावित र प्रभावित गरी दुई तहमा मात्र वर्गीकरण गर्नुपर्ने, विदेशमा रहेका दोलखावासीलाई सहज रुपमा सेयर हाल्न पाउने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने, रकम जुटाउन नसक्ने दोलखावासीलाई सेयर प्रमाणपत्र धितो राखेर शेयर हाल्ने व्यवस्था मिलाउनुपर्नलगायतका माग राखेका छन् ।

यो पनि पढ्नुहोस्

म्युचुअल फण्ड के हो ? यसमा लगानी गर्न इच्छुक लगानीकर्ताले जान्नुहोस् यी कुराहरु

प्राधिकरणका कर्मचारीले घुस मागे ठाँउको ठाँउ कारवाही

पैसा ठिक पार्नुस्, दोदी खोला हाइड्रोले आइपिओ जारी गर्दै

माथिल्लो तामाकोशीको आइपिओमा लफडा, यस्तो छ भित्रि रहस्य

सिद्धार्थको हकप्रद भर्ने आज अन्तिम दिन 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको