Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थको हकप्रद भर्ने आज अन्तिम दिन

मंगलबार, ०६ चैत्र २०७४, ०८ : १९ मा प्रकाशित

सिद्धार्थको हकप्रद भर्ने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं– सिद्धार्थ बैंकको १० प्रतिशत हकप्रद  सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

फागुन २ गतेदेखि ६८ लाख २६ हजार १ सय १७.१९ कित्ता सेयर जारी गरेको थियो ।  हकप्रदका लागि बैंकले माघ २२ गते बुक क्लोज गरेकाले माघ २१ गतेसम्म कायम सदस्यहरुले मात्र आवेदन दिन पाउने छन् ।

विक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड तथा सिद्धार्थ बैङ्कको सम्पूर्ण शाखाबाट पनि हकप्रद भर्न सकिनेछ ।

साथै, सिद्धार्थ क्यापटिल लिमिटेड तथा आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक र तिनका शाखाबाट पनि हकप्रद भर्न सकिनेछ ।

बैङ्कले चुक्तापूँजी  ६ अर्ब ८२ करोड ६१ लाख १७ हजारको १० बराबर १ को अनुपातमा हकप्रद जारी गरेको हो ।

राष्ट्र बैंकले तोके बमोजिमको  ८ अर्ब चुक्तापूँजी पुर्याउने अभियानमा रहेको बैंकले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव चैत ४ गते सम्पन्न साधारण सभाबाट पारित गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

म्युचुअल फण्ड के हो ? यसमा लगानी गर्न इच्छुक लगानीकर्ताले जान्नुहोस् यी कुराहरु

प्राधिकरणका कर्मचारीले घुस मागे ठाँउको ठाँउ कारवाही

पैसा ठिक पार्नुस्, दोदी खोला हाइड्रोले आइपिओ जारी गर्दै

माथिल्लो तामाकोशीको आइपिओमा लफडा, यस्तो छ भित्रि रहस्य

सिद्धार्थको हकप्रद भर्ने आज अन्तिम दिन 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको