Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान बैंक १७ करोड मुनाफामा

सोमबार, २८ फागुन २०७४, ०८ : ५३ मा प्रकाशित

साना किसान बैंक १७ करोड मुनाफामा

अर्थ संसार, काठमाडौँ– साना किसान विकास बैंक लिले आर्थिक वर्ष २०६४/७५ को अर्धवार्षिक अवधिमा  १७ करोड १६ लाख मुनाफा गरेको छ ।

बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा  १७ करोड १६ लाख मुनाफा गरेको र सो नाफा चालु आर्थिक वर्षको प्रक्षेपित नाफाको ५० प्रतिशतभन्दा बढी रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक वर्ष २०७४/७५ को पुस मसान्तमा यस बैंकको कूल सम्पत्ति  १७ अर्ब २५ करोड पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो रकम ३० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको