Like us!
Follow us!
Connect us!
Watch us!

खर्च बढ्दा हिमालयन लाइफ इन्स्योरेन्सको नाफा प्रभावित, इपिएस कति?

अर्थ संसार

बुधबार, २६ बैशाख २०८१, ०९ : ५४ मा प्रकाशित

खर्च बढ्दा हिमालयन लाइफ इन्स्योरेन्सको नाफा प्रभावित, इपिएस कति?

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बीमाशुल्क र ब्याज आम्दानी बढे पनि खर्च झनै बढ्दा कम्पनीको नाफामा गिरावट भएको हो ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म इन्स्योरेन्सको खुद नाफामा गिरावट भएको छ । यस त्रैमाससम्म कम्पनीको खुद नाफा ४३ करोड ५४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा इन्स्योरेन्सले ४७ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद नाफा करिब ८ प्रतिशतले घटेको हो ।

खुद प्रिमियम आम्दानी

तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले १२ अर्ब २ करोड रुपैयाँ खूद बीमा शुल्क आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ११ अर्ब ९ करोड रहेको थियो । यो करिब ८.४१ प्रतिशतको वृद्धि हो ।

कुल आम्दानी

तेस्रो त्रैमाससम्म इन्स्योरेन्सको कुल आम्दानी १६ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा १५ अर्ब १५ करोड रुपैयाँ रहेको थियो । कुल आम्दानी करिब १०.१४ प्रतिशतले बढेको हो ।

कुल खर्च

तेस्रो त्रैमासिकसम्ममा इन्स्योरेन्सको कुल खर्च  १६ अर्ब २६ करोड रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा १४ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । कुल खर्च करिब १०.७२ प्रतिशतले बढेको हो ।

लगानी

यस आवको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सको लगानी बढेर ६१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ५२ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ४३ करोड ५४ लाख २९ हजार रुपैयाँ रहेको छ ।

प्रति सेयर आम्दानी

७.२४ रुपैयाँ

मूल्य आम्दानी अनुपात

५४.६४ गुणा (अन्तिम मूल्य ३९५.५ रुपैयाँ)

प्रति सेयर नेटवर्थ

१२४.२५ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको