Like us!
Follow us!
Connect us!
Watch us!

भवन भट्टद्धारा पुर्वाधार विकास कम्पनीबाट राजीनामा, लाल केसीको हातमा सुरङमार्ग

शुक्रबार, २४ मंसिर २०७३, १६ : ५८ मा प्रकाशित

भवन भट्टद्धारा पुर्वाधार विकास कम्पनीबाट राजीनामा, लाल केसीको हातमा सुरङमार्ग

काठमाडौं, २४ मंसिर । काठमाडौं —हेटौंडा सुरुङमार्गको निर्माण गर्ने जिम्मा लिएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडबाट भवन भट्टले राजीनामा दिएका छन् ।विहिबार बसेको सञ्चालक समितिको बैठकले भट्टको राजीनामा स्वीकृत गरेको सञ्चालक सुवासचन्द्र ठकुरीले जानकारी दिए ।

भट्टले १० महिनादेखि पुर्वाधार विकास कम्पनीको अध्यक्ष सम्हाल्दै आएका थिए । ठकुरीका अनुसार भट्टको राजीनामा स्वीकृतपछि बोर्डले अध्यक्षमा लालकृष्ण केसीलाई नियुक्त गरेको छ ।

भट्टले एनआरएनमा सक्रिय रहनुपर्ने र विदेशमा रहेको व्यवसायमा व्यस्त रहनुपर्ने बाध्यता देखाएर राजीनामा दिएको ठकुरीले जानकारी दिए । उनका अनुसार भट्ट कम्पनीको सञ्चालक भने बस्नेछन् र उनले विदेशी लगानी ल्याउन सघाउने छन् । 

यसअघि माघ २९ गते बसेको बोर्ड बैठकले केसीलाई सहअध्यक्ष नियुक्त गरेको थियो । तर विभिन्न विवादहरु आएपछि उनलाई सहअध्यक्षबाट हटाइएको थियो । तर, तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई पुनर्बहाली गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको