Like us!
Follow us!
Connect us!
Watch us!

महिला दिवस : नारीवाद, माक्सवादी र नारीवाद महिला मुक्ती आन्दोलको प्रवृती

विहीबार, २४ फागुन २०७४, ११ : ४२ मा प्रकाशित

महिला दिवस : नारीवाद, माक्सवादी  र नारीवाद महिला मुक्ती आन्दोलको प्रवृती

एउट काल खण्ड थियो त्यो वेला समाजमा  मातृ सत्ता थियो । (देविदेवताको काल )
श्रम विभाजन र निजि सम्पतीको थालनी संगै क्रमश मातृ सत्ताको ठाउँ पितृ सत्ताले लियो ।

पितृ सत्ताले

महिला जैविक हिसावले कमजोर हुँने भनि व्याख्य गरियो ।

वौद्धिक हिसावले पनि कमजोर हुन्छन्,भनि दोस्रो तहमा राख्ने भनि व्याख्य गरियो ।
राजनीतिमा बाध्य, आर्थिक गतिविधीमा होईन , घरेलु र अनुउत्पादक ठाउँमा सिमित गरिदै लगियो ।
मत्ताधिकार लगाएतवाट बन्चित गरियो ।

ख) क्रमश मत्ताधिकारको माग गदैँ महिलाहरुले संगठित आन्दोलनको सुरुवात गरे । (सन् १९०८)
सन् १९१७ ताका रुसमा गास र बासको नारा थपेर अरु आन्दोलनको उठान भयो । त्यसरी नै अन्तराष्टिय महिला आन्दोलनको रुप ठुलो वन्दै गयो ।

अन्त : सन् १९१० मा क्लारा जेड्किन रोजालग्जवर्गको अनुवाईमा कोपेनहेगनमा भएको दोस्रो अन्तराष्टिय श्रमिक महिलाहरुको सम्मेलनले ८ मार्च लाई आन्तराष्टि श्रमिक महिला दिवस मनाउने निर्णय गर्यो । सो सम्मेलनमा १७ देशका १ सय भन्दा बढी महिलाहरु सहभागी रहेका थिए ।
नेपालमा सन् १९७५ देखि अन्तराष्टिय महिला दिवस मनाउदै आईएको छ ।

नेपालमा महिला समस्य र समाधानलाई वुझने सम्वन्धमा मुलभुत प्रवृती

१, पुरातनवादी दृष्ट्रिकोण

महिलाहरु प्रकृतिक हिसावले नै कम्जोर छन् । दोस्रो दर्जाका हुँन् र पुरुषकै सेवाका लागि जन्म भएका हुँन् भन्ने जस्ता मान्यता राख्दछन् । उनीहरु म्हिला सामन्ता र अधिकारको कुरा गर्न अनाआवश्यक हो भन्ने ठान्छन् । यद्यपी अहिले यो मानसिकता खुम्चिदै आएको छ ।

यर्थाथ वादी सोच
उद्धारवादी सोच

महिला अधिकार र सामन्ताका कुरा गर्ने तर त्यसका लागि राजनीतिक  तथा आर्थिक प्रणालीमा परिवर्तन आउँनु पर्छ भन्ने आवश्यक ठान्दैन्न । सांस्कृति अधिकारको कुरा गदै आशिंक अधिकारको कुरा गर्दछ । प्रजन्न , शिक्षा ,रोजगारीको कुरा मात्र गर्दछन् । यो पनि उपदेश मुलक कुरा मात्र जस्तो हुँदै आएको छ ।

माक्सवादी नारिवादी सोच

राज्यसत्तवाट महिलाहरु उत्पीडित भएकाले महिला अधिकारको सुनिश्चितता समान्ताका लागि राजनीतिक र आर्थिक प्रर्णाली नै मुख्य समस्य वनि रहेको छ भन्छन् । पितृसत्ता कारक त हो तर यो माताहातको समस्य हो । शोषनमा आधारित समाज व्यवस्था मुख्य समस्य हो भन्ने मान्यता राख्र्दछन् । उसको लागि समान्तामा आधारित समाज निमोठा हुँनुपर्दछ । त्यसका लागि सवै उत्पीडित मिलेर मुक्ती खोज्नु पर्दछ भन्ने सोच माक्सवादी नारीवादले राख्र्दछ ।रेडिकल नारीवाद भन्ने पनि गरिएको छ ।

पितृसत्ता नारीवादको मुख्य समस्य हो

अहिले सम्म जति विचार , सिद्धान्त प्रतिपादन भएका छन्  , ती सवै वेकार छ , केवल नारीवादी हुनुपर्छ भन्ने सोच राडिकल नारीवाद हो । त्यसैले पुजिवाद ,समाजवाद नारी हितमा छैन्न केवल महिलाले मात्र महिलाको बारेमा सोच्नुपर्दछ भन्ने सोच नै रेडिकल नारीवाद हो ।

नेपालको सन्दर्भमा

हामीले महिला समस्य र समाधानको सन्दर्भमा समानुपातिक,समावेशी व्यवस्था लागु गरेका छौँ ।

३३ प्रतिशत अनिवार्य उपस्थितीको व्यवस्था

महिला मुक्ती आन्दोलनमा नयाँ आयाम समेत थपिएको छ

महिलाहरुको समस्य समाधानका लागि महिला मात्रले पनि पुग्दैन् र महिला स्वंयम सहभागी नभएर पनि हुँदैन भन्ने हामीले अविलम्वन गरेको अभ्यासको सार पनि हो ।

अहिले प्राप्त अधिकार समाजका बाँढा,टाँठाका लागि मात्र हो । अव आर्थिक ,सामाजिक रुपान्तरण विकास सुशाषण र संविधानको व्यावहारिक कार्यान्वयन हुनुपर्दछ ।

केवल कोरा समान्ताका कुरा गरेर मात्र हुँदैन् , जागरण पनि चाहिन्छ । राज्यले नीति विधी व्यवहारिक कार्यान्वय हुनुपर्दछ ।

महिला उत्पादन र आर्यआर्जन मा अनिवार्य सहभागिता गराउनु पर्दछ र रोजगारीको उचित व्यवस्था गरिदिनुपर्दछ ।

संविधानमा अधिकारको उपभोग गर्न सक्ने क्षमता वृद्धी पनि गर्नु जरुरी छ । अधिकारको कुरा गर्दा कर्तव्य पनि भुल्न हुदैन् ।

हातमा ठेला उठेका महिलाहरुलाई रोग, भोग र सोग मुक्त गर्ने अठोट नै आज अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा गर्नुपर्ने नयाँ संकल्प हो ।

१०८ औ, ८ मार्चको नारा — प्राप्त उपलव्धिको रक्षा प्राप्त समान्ताका लागि अघि वढ्यौ । १०८ औ  अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाऔँ भन्ने रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको