Like us!
Follow us!
Connect us!
Watch us!

प्रविधिमा फड्को, स्याटेलाइटबाट जग्गाको नापी गर्दै सरकार

बुधबार, २३ फागुन २०७४, १६ : ११ मा प्रकाशित

प्रविधिमा फड्को, स्याटेलाइटबाट जग्गाको नापी गर्दै सरकार

अर्थ संसार, काठमाडौँ –  विगत ६० वर्षदेखि नापीको काम गर्दैआएको नापी विभागले परिवर्तित परिस्थितिअनुसार स्याटेलाइट मार्फत जग्गाको नापी गर्ने भएको छ ।

केन्द्रका चार महाशाखा तथा विभिन्न जिल्लाका १२९ नापी कार्यालयमार्फत जनताको सेवा गर्दै आएको विभागले भूमि स्रोत, टोपोग्राफिकल नापी, अन्तर्राष्ट्रिय सीमासम्बन्धी प्राविधिक सहयोग, नियन्त्रण विन्दु तथा भौगोलिक सूचनाको पूर्वाधारको काम गर्दैआएको छ ।

 विभागका निर्देशक दामोदर ढकालले भूउपग्रहमा आधारित कन्टिन्युयसली अपरेटिङ रेफरेन्स स्टेशन स्थापना गर्ने तयारी भएको जानकारी दिए ।

उक्त स्टेशन स्थापना गर्न सकिएमा नियन्त्रण विन्दु, भूकम्पमापन र खानीको अन्वेषण गर्न ठूलो सहयोग पुग्ने छ । स्रोत साधनको व्यवस्था गरेर छिट्टै भूउपग्रह राख्ने तयारमिा विभाग लागेको छ ।

विभागका सूचना अधिकारी अनिल मरासिनीले विसं २०१४मा स्थापित विभागले भूव्यस्थापन तथा जनसरोकारलाई प्राथमिकतामा राख्दै काम गरिरहेको बताए ।

विभागले प्रमुख रुपमा सगरमाथाको मापन र सीमासम्बन्धी काम गर्दै आएको छ । विभागले जग्गा किनबेच गर्ने व्यक्ति तथा संस्थाको जग्गा नापजाँच तथा नाप नक्शा गर्ने काम दैनिक गर्दैआएको छ ।

त्यस्तै टोपोग्राफिकल नापीअन्तर्गत विभिन्न नक्शा, अन्तर्राष्ट्रिय सीमासम्बन्धी प्राविधिक सहयोग र कुनको उचाइ कति भन्ने मापन हुँदैआएको छ । विभागले भौगोलिक पूर्वाधारको काम जस्तै बाटोघाटो, नहर, खोलानालासम्बन्धी सूचना संकलन, प्रशोधन, वितरण तथा भण्डारण गर्ने काम पनि गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको