Like us!
Follow us!
Connect us!
Watch us!

राजधानीमा विद्युतीय सवारी चलाउने यस्तो छ लालबाबुको प्लान

बुधबार, २३ फागुन २०७४, ११ : २१ मा प्रकाशित

राजधानीमा विद्युतीय सवारी चलाउने यस्तो छ लालबाबुको प्लान

अर्थ संसार, काठमाडौं –केही न केही नयाँ काम गरेर सधै चर्चामा नै आइरहने मन्त्रीका रुपमा परिचित छन् लालबाुबु पण्डित ।

 अघिल्लो पटक मन्त्री हुँदा सरकारी जागिर खाएर विदेशको डिभी र पिआर लिएर बसेका कर्मचारीलाई ठेगान लगाएका पण्डितले पछिल्लो पटक काठमाडौं उपत्यका तथा देशका मुख्य सहरमा सरकारले विद्युतीय सवारी सञ्चालनलाई उच्च प्राथमिकतामा राखेको बताए ।

धूवाँ–धुलोमुक्त स्वच्छ सहर विकास गर्ने लक्ष्यअनुसार योजना अघि बढाइएको हो । वातावरणमैत्री भएकाले अब विद्युतीय सवारी सञ्चालन गर्न सरकारले विशेष चासो दिएको उनको भनाइ छ ।

डिजल तथा पेट्रोलबाट सञ्चालित सवारीका कारण वातावरण प्रदुषण बढ्दै गएकाले विद्युतीय सवारी सञ्चालनमा ल्याउन लागिएको हो ।

देशमा जलद्यिुत उत्पादनको सम्भावना राम्रो छ, अबको सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको उनले बताए ।

वातावरण स्वच्छ राख्न पनि विद्युतीय सवारी सञ्चालन गर्नुको विकल्प नभएको उनको भनाइ छ ।

विद्युतीय सवारीलाई लक्षित गरी नेपाल विद्युत प्राधिकरणले ठाउँ–ठाउँमा चार्जिङ स्टेसन बनाउनु सकारात्मक कदम रहेको उनले बताए ।

देशको मुख्य राजधानी काठमाडौं सहित देशका प्रमुख शहर बढ्दो धूवाँ–धुलोमुक्त बनाउने अठोट लिएका समेत उल्लेख गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको