Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया ग्रोथ फण्डको एकाईमा आवेदन दिने आज अन्तिम

आइतबार, १३ फागुन २०७४, ०८ : ४१ मा प्रकाशित

एनआईसी एशिया ग्रोथ फण्डको एकाईमा आवेदन दिने आज अन्तिम

अर्थ संसार, काठमाडौं–  एनआईसी एशिया ग्रोथ फण्डले माघ २ गतेदेखि विक्रीमा ल्याएको १० करोड एकाईमा आवेदन दिने आइतवार अन्तिम दिन रहेको छ ।

यस फण्डको एकाई विक्रीका लागि यसअघि छिटोमा माघ ८ र ढिलोमा माघ २१ गतेसम्मको मिति तोकिएको थियो । सो अवधिमा पूर्ण आवेदन नपर्दा अवधि थप गरेको थियो । यस एकाई विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

यस फण्डलाई नेपाल धितोपत्र बोर्डले रू. १० मा प्रतिएकाई विक्रीका लागि पुस ११ गते अनुमति प्रदान गरेको हो ।

फण्डले कुल एकाईमध्ये १५ प्रतिशत कोष प्रवर्द्धक एनआईसी एशिया बैङ्कको लागि सुरक्षित राखी बाँकी रू। ८ करोड ५० लाख एकाई सार्वजनिक रुपमा विक्रीका लागि खुला गरेको हो ।

आवेदकले न्यूनतम १ सयदेखि अधिकतम २० लाख एकाईका लागि आवेदन दिन सक्नेछन् । यस फण्डको परिपक्क अवधि सात वर्षको रहने र लगानीकर्ताले योजनाबाट वार्षिक प्रतिफल प्राप्त गर्ने फण्डले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको