Like us!
Follow us!
Connect us!
Watch us!

तराई मधेश खानेपानी गुणस्तर कार्यक्रम प्राथमिकतामा

शुक्रबार, ११ फागुन २०७४, १२ : ०७ मा प्रकाशित

तराई मधेश खानेपानी गुणस्तर कार्यक्रम प्राथमिकतामा

अर्थ संसार, काठमाडौं–  तराई क्षेत्रमा शुद्ध खानेपानी उपलव्ध गराउने उद्देश्यले सरकारले तराई मधेश खानेपानी गुणस्तर सुधार कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

खानेपानी तथा ढल निकास विभागले तराईका २२ जिल्लालाई लक्षित गरेर उक्त कार्यक्रमलाई प्राथमिकता दिएको हो ।

विभागका सूचना अधिकारी शेखर केसीले यो आर्थिक वर्षमा तराई मधेश खानेपानी सम्बन्धमा ८६ योजनाको सर्वेक्षण भइरहेको जानकारी दिनुभयो ।

“तराईका जनतालाई शुद्ध खानेपानी खुवाउनका लागि विस्तृत अध्ययन गरेर तथ्यांक निकाल्ने काम गरिरहेका छौँ,”– उहाँले भन्नुभयो ।

यस्तै, विभागले कुनैकुनै स्थानमा बोलपत्र आह्वान गरी बोरिङ खन्ने काम र वरपर पर्खाल लगाउने काम भइरहेको केसीले बताउनुभयो ।

सरकारले तराई मधेश खानेपानीका लागि रु एक अर्ब ४९ करोड ६९ लाख रकम विनियोजन गरेको छ ।रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको