Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार : नयाँ सरकारलाई निरन्तर लाल सलाम !

बुधबार, ०९ फागुन २०७४, १७ : ३० मा प्रकाशित

शेयर बजार : नयाँ सरकारलाई निरन्तर लाल सलाम !

अर्थ संसार, काठमाडौँ – नयाँ सरकार गठन भएको एक साता पुगन लाग्दा समेत शेयर बजारलाई लगानीकर्ताले पत्याएका छैनन् ।

केपी ओली नेतृत्वको नयाँ सरकार गठन भएको दिन ३६ अंकले बढेको बजार त्यसपछि लगातार घट्दै आएको छ ।

 नयाँ सरकार आएसँगै केही सुधार हुने संकेत देखिए पनि सरकार गठन तथा सरकारले लिने नीति तथा कार्यक्रमको विषयमा प्रक्ष्ट नभएपनि बजार लगातार घट्दै आएको छ ।

सरकारले लिने निर्णय, बजारमैत्री हुन्छ कि हुँदैन वा लगानीमैत्री नीति अगाडि आउँछ कि आउँदैन भन्ने प्रतिक्षामा रहेका लगानीकर्ताले बजारलार्य विश्वास नगरेका कारण धितोपत्र बजार क्रमशः घट्दै गएको हो ।

बुधबार शेयर बजार करिब १० अंकले ओरालो लागेर एक हजार ३८७.०८ बिन्दुमा पुगेको छ । कारोबार रकम पनि घटेको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कारोबार रकम मात्रै रु २८ करोड ५५ लाखमा सिमित भएको छ ।

स्टककाअनुसार आज  सबै सूचक तथा उपसूचक ओरालो लागेर ओली नेतृत्वको सरकारलाई लाल सलाम गरेको छ ।

आज  सबैभन्दा बढी  ओम डेभलपमेन्ट बैंकको रु तीन करोड ५४ लाख बराबरको करोबार भएको छ । त्यस्तै सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.८८ प्रतिशतले कमाएका छन् भने युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका शेयर धनीले ५.३८ प्रतिशतले गुमाए ।

बाणिज्य बैंक ८.८६, होटल १९.८२, विकास बैंक १२.५२, जलविद्युत्  १८.४३, फाइनान्स ५.५८, बीमा ३६.९८, उत्पादन ९.२८, अन्य ६.५२ र माइक्रोफाइनान्स ३.९ अंकले ओरालो लागेको छ । आज कुल सात लाख १३ हजार ६४२ कित्ता शेयर बिक्री भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको