Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले सार्वजनिक गर्यो महत्वाकाक्षी लक्ष्य : पाँच वर्षभित्र सबै स्थानीय तहमा स्वच्छ ऊर्जा

मंगलबार, ०८ फागुन २०७४, १२ : ५० मा प्रकाशित

सरकारले सार्वजनिक गर्यो महत्वाकाक्षी लक्ष्य : पाँच वर्षभित्र सबै स्थानीय तहमा स्वच्छ ऊर्जा

अर्थ संसार, काठमाडौँ –सरकारले आगामी पाँच वर्षभित्र ७५३ वटै स्थानीय तहमा आधुनिक उर्जा उपलब्ध गराउने महत्वाकाक्षी लक्ष्य लिएको बताएको छ ।

राष्ट्रिय योजना आयोगले आगामी पाँच वर्षभित्र  सबै स्थानीय तहमा आवश्यकता र सम्भावना अनुसार  आधुनिक उर्जाको पहुँच पु¥याउने तयारी गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएका डा स्वर्णिम वाग्लेले पाँच वर्षभित्र सबै स्थानीय तहमा स्वच्छ ऊर्जा उपलब्ध गराउने लक्ष्य कार्यान्वयन गरिने बताएका छन् ।

जलविद्युत, हावाबाट बिजुली, सौर्य उर्जा वा बायोग्यासलाई आवश्यकता अनुसार विस्तार गर्ने सरकारको भनाइ छ ।

आयोगले निवर्तमान सदस्य डा. अरविन्द कुमार मिश्रको नेतृत्वमा उक्त प्रस्ताव तयार भएको हो । स्थानीय तह अनुसार जलविद्युत, सौर्य उर्जा, बायोमास र हावाबाट निस्कने उर्जाको पहुँच विस्तार गरिने छ ।

सरकारले जलविद्युत सहज भएको ठाउँमा जलविद्युत, सौर्य उर्जा बायोमास र हावाबाट विजुली निकाल्ने ठाउँमा त्यसैलाई प्राथमिकता दिने लक्ष्य राखेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको