Like us!
Follow us!
Connect us!
Watch us!

देव विकासलाई ६६ करोडको हकप्रद निष्काशन गर्न बार्डको अनुमति

सोमबार, ०७ फागुन २०७४, १६ : ५१ मा प्रकाशित

देव विकासलाई ६६ करोडको हकप्रद निष्काशन गर्न बार्डको अनुमति

अर्थ संसार, काठमाडौं– नेपाल धितोपत्र बोर्डले देवः बिकास बैंकको हकप्रद सेयर  निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डले बैंकलाई हाल कायम रहेको चुक्ता पुंजी मध्येबाट १० ः ४ को अनुुपातमा ६६ करोड ३३ लाख १० हजार आठ सय ५९ रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न अनुुमती दिएको हो ।

हकप्रद शेयर बिक्री प्रर्वन्धक एनआईबिएल क्यापिटल रहेको छ ।  एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी ६६ लाख ३३ हजार एक सय आठ दसमलव ५९ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुुमती पाएको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रियस्तरका बिकास बैंकले न्युुनतम दुुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पुंजी कायम गर्नुुपर्ने भएपछि देवले हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको