Like us!
Follow us!
Connect us!
Watch us!

कमोडिटी मार्केट सञ्चालनमा आउँदै, यस्तो छ शेयर विक्रीको व्यवस्था

शनिबार, ०५ फागुन २०७४, १८ : ४८ मा प्रकाशित

कमोडिटी मार्केट सञ्चालनमा आउँदै, यस्तो छ शेयर विक्रीको व्यवस्था

अर्थ संसार,काठमाडौं । सरकारले वस्तु कारोबार व्यवसायी, राफसाफ तथा फस्र्यौट वा वेयर हाउसको शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर विक्री वा नामसारी गर्न चाहने व्यवस्था गरेको छ ।

कमोडिटी मार्केट सञ्चालनमा ल्याउने तयारीका साथ त्यस्तो व्यवस्था गरिएको हो । शेयर बिक्री वितरणका लागि नियमावली बमोजिम योग्यता रहेको तथा अयोग्यता नरहेको व्यक्ति वा संस्थालाई विक्री वा नामसारी गर्नु पर्ने व्यवस्था गरिएको छ

 वस्तु कारोबार व्यवसायी, राफसाफ तथा फस्र्यौट वा वेयर हाउसको शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर अनुमतिपत्र प्राप्त भएको मितिले तीन बर्ष पूरा नभएसम्म विक्री वा नामसारी गर्न पाउने छैन ।

 वस्तु कारोबार व्यवसायी, राफसाफ तथा फस्र्यौट वा वेयर हाउसको शेयरधनीले आपूmले लिएको शेयर विक्री वा हस्तान्तरण गर्न चाहेमा शेयर खरिद गर्न वा हस्तान्तरण गरी लिन चाहने व्यक्ति वा संस्थाको नियमावली बमोजिम योग्यता रहेको तथा अयोग्यता नरहेको व्यहोरा उल्लेख गर्नुपर्नेछ ।

सम्बन्धित कम्पनी वा सङ्गठित संस्था मार्फत विक्री वा हस्तान्तरण गरिने शेयरको अङ्कित मूल्यको शून्य दशमलव पाँच प्रतिशतका दरले हुने दस्तुर रकम सहित बोर्डमा अभिलेखका लागि निवेदन दिनु पर्ने नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

यसरी  दिइने निवेदनसाथ शेयर खरिद वा हस्तान्तरण गरी लिन चाहने व्यक्ति वा संस्था भएमा सम्पूर्ण सञ्चालकको विवरण तथा कागजात पेश गर्नु पर्नेछ ।

प्राप्त निवेदन तथा संलग्न कागजातको बोर्डले जाँचबुझ गर्दा आवश्यक देखेमा निवेदकबाट थप विवरण वा कागजात माग गर्न वा कुनै विषयमा स्पष्ट गर्न लगाउन सक्ने कानुनी प्रबन्ध छ ।

त्यस्तो जाँचबुझ तथा प्राप्त भएको विवरण वा कागजातका आधारमा बोर्ड सन्तुष्ट भएमा शेयर विक्री वा हस्तान्तरणकोअभिलेख गरी सम्बन्धित निवेदकलाई जानकारी दिनेछ । जानकारी प्राप्त भएको मितिले तीस दिनभित्र शेयर विक्री वा हस्तान्तरण गरिसक्नु पर्ने व्यवस्था छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको