Like us!
Follow us!
Connect us!
Watch us!

निवर्तमान प्रधानमन्त्री देउवा दिउँसो निजी निवास सर्दै

शुक्रबार, ०४ फागुन २०७४, १२ : २९ मा प्रकाशित

निवर्तमान प्रधानमन्त्री देउवा दिउँसो निजी निवास सर्दै

अर्थ संसार, काठमाडौँ– निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट आज निजी निवास सर्दै हुनुहुन्छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिहीबार नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा निजी निवास सर्न लाग्नुभएका हो ।

गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाली काँग्रेसका सभापति देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्दै आउनुभएको थियो ।

उहाँ आज दिउँसो बूढानीलकण्ठस्थित निजी निवास सर्न लाग्नुभएको उहाँका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको