Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड मोदीले कमायो पाँच करोड ४९ लाख

आइतबार, २१ माघ २०७४, १६ : २३ मा प्रकाशित

युनाइटेड मोदीले कमायो पाँच करोड ४९ लाख

अर्थ संसार, काठमाडौँ – युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले रु ५ करोड ४९ लाख  नाफा गरेको छ ।

गत आवको सोही अवधिमा कम्पनीले रु ३ करोड १४ लाख नाफा गरेको थियो । सो अवधिमा कम्पनीले बिजुली बिक्रीबाट रु १६ करोड ८० लाख आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले रु १४ करोड ९७ लाख आम्दानी गरेका थियो ।

युनाइटेडको प्रतिसेयर आम्दानी रु ४.७८ पैसा छ । कम्पनीले गत आवमा गरेको नाफाबाट सेयरधनीलाई रु ५ करोड ७५ लाख लाभांश दिन थालेको छ ।

कम्पनीले १० मेगावाट क्षमताको तल्लो मोदी आयोजना सञ्चालन गरिरहेको छ । यस्तै साढे १० मेगावाट क्षमताको मोदी आयोजना निर्माण गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

कालिका पावरको आइपिओ आजदेखि खुल्ला, कहाँबाट आवेदन दिने ?

सिद्धिखोला जलविद्युत आयोजनामा दुई बैंकले एक अर्ब बढी लगानी गर्ने

माउण्ट मकालुको हकप्रद सेयर आजदेखि विक्रीमा, यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको