Like us!
Follow us!
Connect us!
Watch us!

माउण्ट मकालुको हकप्रद सेयर विक्रीमा

आइतबार, २१ माघ २०७४, ०८ : २३ मा प्रकाशित

माउण्ट मकालुको हकप्रद सेयर  विक्रीमा

अर्थ संसार, काठमाडौं–  माउण्ट मकालु डेभलपमेण्ट बैंक लिमिटेडको १६ हजार १ सय ८१ कित्ता हकप्रद सेयर (आज) अर्थात आइतवारदेखि बोलकबोलद्वारा विक्री खुला भएको छ ।

बैंकले संस्थापक तर्फको १० हजार ४४ कित्ता र सर्वसाधरण तर्फको ६ हजार १ सय ८१ कित्ता सेयर लिलाममा विक्री गर्न लागेको हो । उक्त सेयरमा माघ २८ गतेसम्म आवेदन दिन पाइनेछ ।

उक्त सेयरको न्युनतम मूल्य  १ सय तोकिएको हुँदा सोभन्दा बढीको मूल्य अङ्कित गरी बोलकाबोल गर्नुपर्ने छ ।

आवेदकले सेयर खरीदको लागि न्युनतम संस्थापक तर्फ १ हजार कित्ता र सर्वसाधारण तर्फ १ सय कित्ताको लागि आवेदन दिन पाइनेछ भने अधिकतम सम्पूर्ण कित्ताको लागि दिन पाइनेछ । कम्पनीको विक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको