Like us!
Follow us!
Connect us!
Watch us!

कालिका पावरको आइपिओ आजदेखि खुल्ला, कहाँबाट आवेदन दिने ?

आइतबार, २१ माघ २०७४, ०७ : ५२ मा प्रकाशित

कालिका पावरको आइपिओ आजदेखि खुल्ला, कहाँबाट आवेदन दिने ?

अर्थ संसार, काठमाडौँ– गोरखामा आयोजनास्थल रहेको कालिका पावर कम्पनीले स्थानीय बासिन्दाको लागि रु छ करोड बराबरको साधारण सेयर (आज) आइतबार अथार्त माघ २१ गतेबाट निष्काशन  भएको छ ।

नेपाल धितोपत्र बोर्डले पुष १९ गते  शुक्रबार कालिका पावरलाई छ लाख कित्ता साधारण सेयर जारी गर्ने अनुमति दिएको हो ।

बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार कम्पनीले रु १०० मूल्य अंकित दरको छ लाख कित्ता साधारण सेयर जारी गर्ने छ ।

कम्पनीले साधारण सेयर निष्कासनका लागि काठमाण्डू क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

गोरखाको दरौदी खोलामा कम्पनीले छ मेगावाट क्षमताको दरौदी कालिका जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

स्थानीयवासीलाई साधारण सेयर दिएपछि कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको