Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धिखोला जलविद्युत आयोजनामा दुई बैंकले एक अर्ब बढी लगानी गर्ने

आइतबार, २१ माघ २०७४, १६ : २२ मा प्रकाशित

सिद्धिखोला जलविद्युत आयोजनामा दुई बैंकले एक अर्ब बढी लगानी गर्ने

अर्थ संसार, काठमाडौँ — इलाममा आयोजना स्थल रहेको सिद्धिखोला जलविद्युत आयोजनामा प्राइम कमर्सियल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले रु एक अर्ब २७ करोड लगानी गर्ने भएका छन् ।

कुल  १० मेगावाट क्षमताको सिद्धिखोला जलविद्युतमा ती बैंकले पचास पचास प्रतिशत हिस्सा लगानी गर्ने भएका हुन् ।

लगानी गर्ने विषयमा सहमति भएको सो जलविद्युत् आयोजनाका अध्यक्ष केशवकुमार बुढाथोकीले जानकारी दिए ।

जलविद्युत् आयोजनाका लागि १ अर्ब ८३ करोड रुपैयाँ लगानी अनुमान गरिएको छ । बाँकी रकम भने लगानीकर्ताबाटै लगानी गरिनेछ ।

इलामको रोङ गाउँपालिका वडा नं. १ को रम्याङस्थित सिद्धि खोलामा २३ मिटर लामो बाँध बाँधेर जलविद्युत आयोजना सञ्चालन गर्ने तयारी भएको छ ।

जलविद्युत आयोजनालाई १६ कि. मि. लामो ३३ के. भी. प्रसारण लाइन निर्माण गरि नेपाल विद्युत प्राधिकरणको फिक्कल सव स्टेशनमा जडान गरिने छ । यस आयोजनाले वार्षिक ५५.७१ गिगावाट आवर ऊर्जा उत्पादन गर्ने छ ।

विसं २०७७ साउन अन्तिममा जलविद्युत आयोजना निर्माण पूरा गर्ने लक्ष्य लिइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको