Like us!
Follow us!
Connect us!
Watch us!

राप्रपा एमालेमा विलय

विहीबार, ०४ माघ २०७४, १८ : ५८ मा प्रकाशित

राप्रपा एमालेमा विलय

अर्थ संसार, सल्यान– कमल थापाले नेतृत्व गरेको राप्रपा नेकपा (एमाले) सल्यानमा विलय भएको छ ।

सदरमुकाम खलंगामा एमाले पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा राप्रपाबाट सहमहामन्त्री मनोजकुमार प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर राई, जिल्ला समिति अध्यक्ष मनोजकुमार सिंहसहित जिल्ला समिति एमालेमा विलय भएको एमाले सल्यानका सचिव रमेशकुमार गौतमले जानकारी दिनुभयो ।

आफ्नो पार्टीले उठाएको हिन्दू राज्यको माग जायज नभएको जनमतले प्रमाणित गरिदिएकाले आफूहरु एमालेमा प्रवेश गरेको राप्रपा सल्यानका अध्यक्ष सिंहले बताउनुभयो ।

“राप्रपाले उठाएको हिन्दू राज्यको मागमा तीन लाखले साथ दिन सकेनन्, अब राप्रपाको नारा र झण्डा लिएर कार्यकर्ताबीच जाने अवस्था रहेन, त्यही भएर हामीले एमालेमा विलय हुने निर्णय गरेका हौँ”, सिंहले भन्नुभयो ।

एमालेमा प्रवेश गरेका सबैलाई स्वागत गर्दै एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले उहाँहरुलाई सम्मानजनक रुपमा व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको