Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार विहान राधी हाइड्रोपावरको आइपीओ बाँडफाँट हुँदै, रिजल्ट कसरी हेर्ने ?

मंगलबार, ०२ माघ २०७४, १८ : ४४ मा प्रकाशित

बुधबार विहान राधी हाइड्रोपावरको आइपीओ बाँडफाँट हुँदै, रिजल्ट कसरी हेर्ने ?

बुधबार विहान राधी हाइड्रोपावरको आइपीओ बाँडफाँट हुँदै, रिजल्ट कसरी हेर्ने ?

अर्थ संसार, काठमाडौं –  बुधबार अर्थात माघ ३ गते राधी विद्युत कम्पनीको साधारण सेयर (आइपीओ)  बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङका अधिकृत विश्वनाथ उप्रेतीले बुधबार बिहान ९ बजे नारायणचौर नक्साल स्थित कम्पनीको कार्यालयमा आइपीओ बाँडफाँट गर्ने कार्यक्रम रहेको बताए ।

  यस कम्पनीले पुस ३ देखि ६ गतेसम्म ७ करोड ६४ लाख ५५ हजार रुपैयाँको ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यस आइपीओमा करिब १८ गुणा बढी आवेदन परेको थियो ।

आइपिओ पर्ने सम्भावना कति छ त ?

मागको भन्दा १८ गुणा बढी आवेदन परेपछि सवै लगानीकर्ताले सेयर पाउँदैनन । यसका लागि गोला प्रथा हुने निश्चित देखिन्छ । यसमा न्यूनतम १० कित्ताका दरले सेयर दिँदा करिब ७१ हजार १०३ जनाले मात्र सेयर पाउने अवस्था छ ।

यस आधारमा झन्डै ८९ हजार ८६५ जना आवेदको हात खाली हुने प्रारम्भिक अनुमान छ । यस आइपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार ८०० कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको थियो ।

राधी जलविद्युत कम्पनीको अवस्था

राधी जलविद्युत आयोजना लमजुङ जिल्लामा पर्छ । यसअघि राधीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ ।

राधीले अतिप्रभावित साविक घेर्मु गाविस (हाल मस्र्याङदी) गाँउपालिका वडा नं ५ का स्थानीयलाई २ लाख ४६ हजार र न्यून प्रभावित ताघ्रिङ् गाविस ९हाल मस्र्याङ्दी० गाँउपालिका वडा नं ४ का स्थानीय बासिन्दालाई १ लाख ६४ हजार कित्ता साधारण सेयरको बिक्री गरेको हो ।

कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ र जारी पुँजी ४१ करोड रुपैयाँ छ । जारी पुँजीमध्ये ३० करोड ७५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । कम्पनीले जारी पुँजीको १० प्रतिसेयर सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई बेचेको हो ।

आइपिओ पर्यो कि परेन कसरी हेर्न ?

आइपिओ आवेदन गर्ने लगानीकर्ताले आफूलाई पर्यो कि परेन कसरी हेर्ने त ? यसका लागि हामीले आइपिओ रिजल्टको PDF राख्ने छौँ । यहाँबाट सहज रुपले लगानीकर्ताले हेर्न सक्नुहेनछ । यसको  ताजा  रिजल्ट हेर्नको लागि अर्थ संसारलाई लाईक गर्नु गर्नुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको