Like us!
Follow us!
Connect us!
Watch us!

माघ ९ गतेदेखि सामुदायिक लघुवित्तको ३ लाख कित्ता आइपिओ विक्री खुल्ला, आवेदन कहाँबाट दिने ?

विहीबार, २७ पुस २०७४, १४ : ०१ मा प्रकाशित

माघ ९ गतेदेखि सामुदायिक लघुवित्तको ३ लाख कित्ता  आइपिओ विक्री खुल्ला, आवेदन कहाँबाट दिने ?

अर्थ संसार, काठमाडौं - सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ९ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैंया अंकित ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

तीन लाख कित्तामध्ये १२ हजार कित्ता संस्थाका कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । सर्वसाधारण लगानीकर्ताले भने दुई लाख ७३ हजार कित्ताका लागि मात्र आवेदन गर्न सक्नेछन् ।

लगानीकर्ताले आइपीओमा न्युनतम ५० कित्ता र बढीमा एक हजार पाँच सय कित्तासम्म आवेदन गर्न सक्नेछन् ।

आवेदन कहाँबाट दिने ?

आईपीओको निष्कासन तथा बिक्री प्रवन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ । उक्त आइपीओमा छिटोमा माघ १२ गते र ढिलोमा फागनु ८ गतेसम्म आवेदन गर्न सकिनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सेयरमा आवेदन दिन सक्नेछन् ।

यो पनि पढ्नुहोस्

कहिले बन्छ राखीपोखरी ? माछा खेल्ने ठाउँमा कुखुर र चारचुंगीको खेल मैदान [फोटोफिचर ]

न्याय सम्पादन न्यायका सिद्धान्तका आधारमा गर्ने कि डा केसीको “चारित्रिक प्रमाणपत्र’’ का आधारमा ?

नाटाका अध्यक्षका प्रत्यासी पाण्डेले भने– ‘जितको घोषणा गर्न मात्रै बाँकी छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको