Like us!
Follow us!
Connect us!
Watch us!

नाटाका अध्यक्षका प्रत्यासी पाण्डेले भने– ‘जितको घोषणा गर्न मात्रै बाँकी छ’

विहीबार, २७ पुस २०७४, ०५ : ०० मा प्रकाशित

नाटाका अध्यक्षका प्रत्यासी पाण्डेले भने– ‘जितको घोषणा गर्न मात्रै बाँकी छ’

अर्थ संसार, काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स  (नाट्टा) का अध्यक्ष पदका प्रत्यासी सिएन पाण्डेले पर्यटनमैत्री वातावरणका लागि आफूले हदैसम्मको प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले नाटा सचिवालयलाई व्यवस्थित, आधुनिक, प्रविधिमैत्री बनाउँदै समय अनुकुल बनाउने समेत बताएका छन् ।

उनले व्यावसायीको हित प्रवद्र्धनका लागि विद्युतीय बजारीकरण सम्बन्धी तालिमको व्यवस्था, व्यावसायीहरुबीच एकता, संमृद्धि र व्यावसायी हितलाई समेत केन्द्र विन्दुमा राखेर काम गर्ने धारण राखे ।

पाण्डेले भूकम्पले क्षति पुर्याएका पर्यटकीय क्षेत्रको पुनर्निर्माण, कानूनी अस्पष्टता हटाई पर्यटक यातायात व्यवसायीलाई थप सुविधा दिने समेत आफ्नो कार्य योजना रहेको स्पष्ट पारे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायी र पर्यटकले भोग्न समस्या समाधान गरी प्रर्यटनमैत्री बातावरण वनाउने, भैरहवा र पोखरामा बनिरहेको विमानस्थललाई समयमा नै सम्पन्न गर्न दवाव दिने लगायतका काममा आफू लाग्ने प्रतिवद्धता जनाए ।

उनले आफ्नो प्यानलको जित घोषणा गर्न मात्रै बाँकी रहेको दावी गर्दै व्यावसायीक हित र दायित्व भन्दा अरु कुनै स्वार्थ नभएको समेत दावी गरे ।

उनले सार्वजनिक गरेको प्रतिवद्धताहरु निम्न लिखित छन् 

5a56ce5a22343.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको