Like us!
Follow us!
Connect us!
Watch us!

कहिले बन्छ राखीपोखरी ? माछा खेल्ने ठाउँमा कुखुर र चारचुंगीको खेल मैदान [फोटोफिचर ]

विहीबार, २७ पुस २०७४, १२ : ३२ मा प्रकाशित

कहिले बन्छ राखीपोखरी ? माछा खेल्ने ठाउँमा कुखुर र चारचुंगीको खेल मैदान [फोटोफिचर ]

अर्थ संसार, काठमाडौं– २०७२ साल बैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि त्यसको शिकारमा परयो रानी पोखरी । भूकम्प गएको पनि ३ वर्ष पुरा हुन मात्र ३ महिना बाँकी छ ।

यत्तिका लामो सयम बिति सक्दा पनि रानीपोखरीको पुनःनिर्माण कसरी र कहिले बन्ने हो अनिश्चित जस्तै छ । पोखरी पुनःनिर्माणको विषयलाई लिएर महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीबीच विवाद चुलिएको छ ।

 जसका कारण अहिले पुनःनिर्माण कार्य ठप्प भएको छ । पोखरीको निर्माण नहुदाँ माछा खेल्ने पोखरी, हिजोआज भुस्याहा कुकुर र चराचुरुंगीको  खेल मैदान भएको छ ।

नेपाल आउने स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक केन्द्रमध्ये रानीपोखरी पनि एक हो । अहिले रानीपोखरी आउने पर्यटकले भत्किएको मन्दिर र सुख्खा पोखरीमा कुकुर र चराचुरुंगी खेलीरहेका देख्नेछन् ।

मल्लकालीन शैली, स्वरुपअनुसार नै निर्माण गरिने

विवादका रुपमा रहेको रानीपोखरी पुनः निर्माण अब प्रताप मल्लकालीन शैली, स्वरुपअनुसार नै गरिने भएको छ ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा पुनः निर्माण प्राधिकरण र पुरातत्व विभागका पदाधिकारीको संयुक्त बैठकले मल्लकालीन स्वरुप र शैलीअनुरुप नै निर्माण गर्ने निणर्य गरिसकेको छ ।

 बैठकले पोखरी पुनः निर्माणका लागि अध्ययन गरी १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।

समितिको प्रतिवेदन पेश भई अर्को निर्णय नआउँदासम्मका लागि पुनःनिर्माणको काम नहुने पनि कामपाका प्रमुख शाक्यले बताउनु भयो । ‘हामी प्रतिवेदनको पर्खामा छौ, प्रतिवेदन आएपछि त्यही अनुरुप निर्माण कार्यलाई तिव्रता दिने छौ ’ कामपाका प्रमुख शाक्यले अर्थ संसार डट कमलाई बताउनुभयो ।

रानी पोखरीको ऐतिहासिक महत्व

वि.सं १६७० मा राजा प्रताप मल्लले आफ्नो रानीलाई खुसी पार्नको लागि रानी पोखरीको निर्माण गरेका थिए । प्रताप मल्लको छोरालाई हात्तीले कुल्चदा मृत्यु भएपछि रानीको दुःख भुलाउन राजा प्रताप मल्लले सो पोखरीको निर्माण गरेका हुन् । यो पोखरी बनेपछि राजा प्रताप मल्ल सधैं नुहाउन आउने गर्दथे ।

यसरी पोखरीमा नुहाउन आउने क्रममा राजाको एक किचकन्यासँग भेट भएर मायाप्रेम बसेछ । यसैक्रममा राजा र किचकन्याको संसर्गबाट किचकन्या गर्भवती समेत भइछ । राजा पनि दुब्लाउँदै गएको देखेर भाइभारदार चिन्तित भए ।

  के कारणले यसरी राजा दुब्लाउँदै गएको भनेर खोजी गरेछन् । यसैक्रममा राजा र किचकन्याको प्रेम प्रसंग पत्ता लागेछ । त्यस्तै किचकन्या गर्भवती भएको कुरा पनि थाहा भएछ । यो कुरा पत्ता लागेपछि अचम्म हुनलाग्यो यसो हुनुहुँदैन भनेर भाइभारदार तथा गुरू पुरोहितहरू मिलेर किचकन्यालाई बसमा पारेछन् ।

गर्भवती किचकन्याको भ्रुणसहित पोको पारेर रानीपोखरीको छेउमा विशाल हात्ती त्यसमा राजा, रानी र युवराजसहित चढेको मूर्ति बनाएर त्यस हात्तीको अघिल्लो खुट्टाले किचकन्या र भू्रण सहितको पोकोलाई कुल्चेर राखेमा पछि फेरि दुःख दिदैन भनेर त्यसरी उक्त मूर्ति स्थापना गरिएको भन्ने किम्वदन्ती रहेको छ ।

फोटो : केशव रोक्का / अर्थ संसार डट कम

5a571114374b1.jpg 5a571117d0610.jpg 5a57112223c5d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको