आइतबार, ०४ कार्तिक २०७५, १७ : ५३
जलविद्युत् क्षेत्रमा आक्रामक लगानी गर्दै कर्मचारी सञ्चय कोष
बुधबार, २६ पुष २०७४

अर्थ संसार, काठमाडौं– कर्मचारी सञ्चय कोषले एक पछि अर्को गर्दै नेपालको जलविद्युत् क्षेत्रमा आक्रामक लगानी गर्दै आएको छ ।

कोषले हालसम्म ऊर्जा क्षेत्रमा रु ३४ अर्ब लगानी गरेको छ । कोषले ऋण र सेयर गरी उक्त परिमाणमा लगानी गरेको जानकारी दिएको हो ।

बैंक तथा वित्तीय क्षेत्रले जलविद्युत्मा करिब रु ६२ अर्ब लगानी गरेको तथ्यांक सार्वजनिक भइरहँदा कोष एक्लैको ३४ अर्ब लागत पुगेको हो ।

कोषले ८ जलविद्युत् आयोजनामा रु २८ अर्ब १५ करोड रकम  ऋण लगानी गरेको छ । यस्तै सेयरका रुपमा ६ र्अ रकम लगानी गरेको छ ।

कोषले माथिल्लो तामाकोशी, सान्जेन, रसुवागढी, भोटेकोशी जस्ता आयोजनामा लगानी गरेको छ ।

उसले  जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादन कम्पनी र बेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर कम्पनीमा सेयर लगानी गरेको छ । कोष्मा हाल रु २ खर्ब ५३ अर्ब रकम रहेको छ ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved