Like us!
Follow us!
Connect us!
Watch us!

ओली र प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्दै, सरकार गठनबारे संयुक्त धारणा आउने

आइतबार, ०२ पुस २०७४, १३ : २० मा प्रकाशित

ओली र प्रचण्डले  संयुक्त पत्रकार सम्मेलन गर्दै,  सरकार गठनबारे संयुक्त धारणा आउने

अर्थ संसार, काठमाडौं– नयाँ सरकार गठन सम्बन्धमा केकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले आइबार ३ बजे संयुक्त पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्ने भएका हुन् ।

समसामयिक राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्न दिउँसो तीन बजे अन्नपूर्ण होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले फेसबुकमार्फ जनाकारी दिएका छन् ।

सरकार गठन प्रक्रियाबारे विवाद बढेकाले वाम गठबन्धनका नेताहरुले एउटै आधिकारिक धारणा पत्रकारमार्फत सार्बजनिक गर्न लागेका हुन् ।

पत्रकार सम्मेलनमार्फत् ओली र प्रचण्डले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा विजयी गराउनेहरुलाई धन्यवाद दिने योजना छ ।

कांग्रेसले राष्ट्रिय सभाको निर्वाचन नसकि सरकार नछाड्ने अडान लिइरहेको छ । एमालेले भने यो सरकारले सिफारिस गरेको अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई भनिरहेको छ ।

दलहरुबीच विवाद भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश अड्काएर राखेकी छन् ।,

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको