Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा साञ्जेनको साधारण सेयर आउँदै, बोर्डले दियो अनुमति

विहीबार, २८ मंसिर २०७४, १२ : ५२ मा प्रकाशित

बजारमा साञ्जेनको साधारण सेयर आउँदै, बोर्डले दियो अनुमति

अर्थ संसार, काठमाडौं– चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरिरहेको साञ्जेन जलविद्युत् कम्पनीले साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।

धितोपत्र बोर्डले साधारण सेयर निष्काशनको लागि अनुमति दिएसँगै  आईपिओ निष्काशन गर्ने भएको हो । बोर्डले साञ्जेन जलविद्युत कम्पनीलाई  ८७ लाख ६० हजार कित्ता सेयर निष्काशनको लागि अनुमति दिएको हो ।

 स्थानीयवासी, कर्मचारी र सर्वसाधारणलाई कति प्रतिशत ?

सञ्चय कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत, त्यहाँ कार्यरत कर्मचारीका लागि १ प्रतिशत र कम्पनीमा कार्यरत कर्मचारीका लागि ३.५ प्रतिशत शेयर छुट्याइएको र उनीहरुलाई बिक्री गरेपछि स्थानीय प्रभावितलाई १० प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत सेयर निस्काशन गर्ने कम्पनीको तयारी छ ।

कम्पनीले रसुवामा निर्माणाधीन ५७.३ मेगावाटका माथिल्लो र तल्लो साञ्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । त्यसमध्ये माथिल्लो साञ्जेन निर्माणको अन्तिम चरणमा पुगेको छ ।

छुटाउनु भयो की ?

आगलागीका कारण सेयर बजार प्रभावित 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको