Like us!
Follow us!
Connect us!
Watch us!

करिब ४५ अर्ब खर्चेर ५२८ सव-स्टेशन बनाइदै

आइतबार, २४ मंसिर २०७४, १७ : ०९ मा प्रकाशित

करिब ४५ अर्ब खर्चेर ५२८ सव-स्टेशन बनाइदै

अर्थ संसार, काठमाडौँ– रु ४५ अर्ब खर्च गरेर ५२८ वितरण सबस्टेसन निर्माण गर्ने तयारी गरिएको छ ।

स्थानीय निकायमा विद्युत् पुर्याउने लक्ष्यका साथ सरकारले ५२८ ठाउँमा वितरण सबस्टेसन निर्माण गर्ने तयारी गरेको छ ।

त्यसो त कुल ४ सय सबस्टेसन बनाउँदा सबै जनतामा सहज रुपमा विद्युत् सेवा दिन सकिने तर्क पनि अगाडि सारिएको छ ।

सबस्टेसन निर्माणसँग सबै स्थानीय निकायसम्म करिब ६ हजार किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्ने देखिएको छ ।

सरकारले तयार पारेको कार्ययोजनाअनुसार वितरणका लागि ११ केभी र ३३ केभी क्षमताका लाइन तथा सबस्टेसन निर्माण गरिन लागेको हो ।

त्यस्ता सबस्टेसन तथा वितरण लाइन निर्माण भएपछि करिब ५ सय मेगावाट विद्युत् प्रवाह हुन सक्ने देखिएको छ ।

प्रदेश एकमा ९६ सबस्टेसन निर्माण गर्ने प्रस्ताव गरिएको छ । सो प्रदेशका लागि करिब हजार किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्ने देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको